मौन अवधिमा प्रचार गरे २५ हजार जरिवाना – HamroAwaj

मौन अवधिमा प्रचार गरे २५ हजार जरिवाना  – HamroAwaj

१ मंसिर, काठमाडौँ । यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आज मध्यरातदेखि मौन अवधि सुरु हुँदैछ । निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ मा कसैले पनि मतदान हुने दिनभन्दा ४८ घण्टा अघिदेखि मतगणनाको काम पूरा नभएसम्मको अवधिमा दल तथा उम्मेदावरको पक्षमा प्रचारप्रसार गर्न नपाउने व्यवस्था गरेको छ । यस अवधिमा … Read more

शिवप्रसाद हुमागाईं : खारिएका उम्मेदवार, अनुकूल अंकगणित – HamroAwaj

शिवप्रसाद हुमागाईं : खारिएका उम्मेदवार, अनुकूल अंकगणित  – HamroAwaj

२०३६ सालमा नेविसंघमा आबद्ध भएर नेपाली कांग्रेसको राजनीतिमा आएका ६१ वर्षीय शिवप्रसाद हुमागाईं दोस्रो पटक संसद प्रवेश गर्ने चुनावी अभियानमा छन् । यसपटक काभ्रे-२ बाट प्रतिनिधिसभा सदस्यमा उठेका उनी स्थानीय राजनीतिमा खारिएका नेता हुन् । पहिलो पटक २०५६ प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुमागाईं ०६४ र ०७० को दुवै संविधासभामा पुग्न सकेनन् । ०७४ को प्रतिनिधिसभा निर्वाचनमा … Read more

‘मेरो उम्मेदवारी दलहरुको अराजकताविरुद्ध विद्रोह हो’ – HamroAwaj

‘मेरो उम्मेदवारी दलहरुको अराजकताविरुद्ध विद्रोह हो’  – HamroAwaj

१ मंसिर, काठमाडौं । २०७४ मा भएको स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिँदा २१ वर्षकी रञ्जु दर्शना न्यौपाने धेरैको नजरमा परिन् । विवेकशील नेपाल पार्टीका तर्फबाट काठमाडौं महानगरमा उम्मेदवारी दिँदा उनले २३ हजार ४२९ मत ल्याएर तेस्रो स्थानमा रहिन् । यो पाँच वर्षको अवधिमा उनी आबद्ध पार्टीले रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीसँग दुईपटक एकता गर्‍यो । तर, … Read more

खेम लोहनी : राप्रपाको सहयोगमा संसदमा दोहोरिने चाहना – HamroAwaj

खेम लोहनी : राप्रपाको सहयोगमा संसदमा दोहोरिने चाहना  – HamroAwaj

२०१७ साउनमा धादिङको चैनपुरमा जन्मिएका खेम लोहनी पढैयामध्येका एक कम्युनिस्ट नेता हुन् । अंग्रेजीमा एमएड र ग्रामीण विकासमा एमए उनी विद्यावारिधि पनि सिध्याउने क्रममा छन् । विद्यार्थी राजनीतिबाट वामपन्थी आन्दोलनमा आएका लोहनी २०३६ सालमा महेन्द्ररत्न क्याम्पस ताहाचलमा नेकपा (माले)को विद्यार्थी संगठन अनेरास्ववियुको प्रारम्भिक कमिटी अध्यक्ष र स्ववियुको कोषाध्यक्ष भएका थिए । २०३९ मा अनेरास्ववियु वागमती … Read more

‘मैले इलामे जनताको शिर उठाउने मौका पाएँ, अझै क्रियाशील हुनेछु’ – HamroAwaj

‘मैले इलामे जनताको शिर उठाउने मौका पाएँ, अझै क्रियाशील हुनेछु’  – HamroAwaj

१ मंसिर, काठमाडौं । संविधानसभा अध्यक्ष सुवास नेम्बाङ नेकपा एमालेका उपाध्यक्ष तथा इलाम क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन् । मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिस्ट सरकारमा कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री बन्दै संसदीय राजनीतिमा अविच्छिन्न निर्वाचित हुँदै आएका नेम्बाङ प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति सभापति बनेका बेला चर्चित लाउडा विमान प्रकरण उजागर गरेर राष्ट्रिय … Read more

१० दिने सूचनाले त्रासमा सुकुम्बासी बस्ती, भोट फकाउँदै नेता – HamroAwaj

१० दिने सूचनाले त्रासमा सुकुम्बासी बस्ती, भोट फकाउँदै नेता  – HamroAwaj

१ मंसिर, काठमाडौं । काठमाडौंको बाग्मती किनारको सुकुम्बासी बस्ती अहिले आन्दोलनमा छ । चुनावको मुखमा उठीबास लगाउने गरी बस्तीमा १० दिनको समयसीमा दिएर सूचना टाँसिएपछि उनीहरुको होसहवास् उडेको छ । तर, यो बेला  त्यही सूचना देखाएर आफू र आफ्नो दलले जितेमा व्यवस्थापन गर्ने आश्वासन बाँड्न पुग्ने नेता-कार्यकर्ताहरुको लाइन छ । तर, बस्तीका बासिन्दाहरू आश्वस्त हुन … Read more

भीम रावललाई बाहिर राखेर ओलीले उठाएको जोखिम – HamroAwaj

भीम रावललाई बाहिर राखेर ओलीले उठाएको जोखिम  – HamroAwaj

१ मंसिर, काठमाडौं । नेकपा एमालेका नेता भीम रावल प्रचारप्रसारको समय सकिने अन्तिम दिन मात्रै गृह प्रदेश सुदूरपश्चिम पुगेका छन् । ‘यसपटक आफैं उम्मेदवार हुनुहुन्न, मतदान गर्न आउनुभएको हो’, रावल निकट एक नेताले भने । ती नेताका अनुसार, रावल बिहीबार साँझ अछाम पुगेका छन् । जबकी सुदूरपश्चिममा रावलको खोजी प्रचारप्रसारको पहिलो दिन नै भएको थियो … Read more

चितवनको प्रदेश सभामा एमाले र सत्ता गठबन्धनकै प्रतिस्पर्धा – HamroAwaj

चितवनको प्रदेश सभामा एमाले र सत्ता गठबन्धनकै प्रतिस्पर्धा  – HamroAwaj

१ मंसिर, चितवन । चितवनमा ६ प्रदेशसभाका सदस्यका लागि बागमती प्रदेशका दुईमन्त्रीसहित ५४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । चितवन क्षेत्र १ को प्रदेश क्षेत्र (१) मा १० जना र (२) बाट ९ जना उम्मेदवार छन् । क्षेत्र नं. २ को प्रदेश क्षेत्र (१) मा ८ जना र (२) मा १० जना तथा क्षेत्र नं. … Read more

‘कांग्रेस र माओवादीका मतदाताले समेत मलाई साथ दिँदै हुनुहुन्छ’ – HamroAwaj

‘कांग्रेस र माओवादीका मतदाताले समेत मलाई साथ दिँदै हुनुहुन्छ’  – HamroAwaj

१ मंसिर, काठमाडौं । नेकपा एमालेका सचिव गोकर्ण विष्ट गुल्मी–२ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार छन् । यसै क्षेत्रबाट निरन्तर चुनाव जित्दै आएका उनले यसपटक आफ्नै पूर्वसहकर्मी नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीसँग प्रतिस्पर्धा गर्दैछन् । मौन अवधि सुरु हुनु केही घण्टा अगाडिसम्म मतदाताकै माझमा रहेका विष्टसँग अनलाइनखबरसले गरेको कुराकानीको सम्पादित अंश : तपाईंको चुनावी अभियान … Read more

समानुपातिक छाडेर प्रत्यक्ष चुनाव लड्न हिंडेका उमेश – HamroAwaj

समानुपातिक छाडेर प्रत्यक्ष चुनाव लड्न हिंडेका उमेश  – HamroAwaj

राज्यमन्त्री उमेश श्रेष्ठ, यतिबेला चितवन–२ मा कांग्रेसको झण्डा बोकेर घरदैलो गरिरहेका छन् । उनको प्रतिबद्धता छ– ‘चितवनको विकास र जनताको सेवा मेरो प्राथमिकतामा रहनेछ ।’ भोजपुरमा जन्मिएका श्रेष्ठ काठमाडौंमा आएर निजी शिक्षण संस्था चलाउँदै विभिन्न व्यवसायमा संलग्न व्यक्ति हुन् । उनी आफ्नो ‘व्यावसायिक’ छविलाई यसपटक चितवनबाट प्रत्यक्ष चुनाव लडेर ‘राजनीतिक’ बनाउने होडमा छन् । २०७० … Read more