उपेन्द्र यादवभन्दा सीके राउत दोब्बर बढी मतले अघि भएपछि जसपा कार्यकर्ताले रोके मतगणना – HamroAwaj

उपेन्द्र यादवभन्दा सीके राउत दोब्बर बढी मतले अघि भएपछि जसपा कार्यकर्ताले रोके मतगणना  – HamroAwaj

६ मंसिर, सप्तरी । जनता समाजवादी पार्टी नेपालका का अध्यक्ष उपेन्द्र यादव पछि परेपछि सप्तरी २ मा उनका कार्यकर्ताले मतगणना अवरुद्ध गरेका छन् । जसपाका प्रतिनिधिले मतपेटिकामा भएको सिल भेरिफिकेसन नभएसम्मका लागि मतगणना रोकि पाउँ भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएका छन् । र उनीहरुले मतगणनास्थलमा नै धर्ना दिएका छन् । उनीहरुको धर्नाका कारण … Read more

रमेश खरेल : खरो प्रहरीको राजनीतिमा चलेन जोर – HamroAwaj

रमेश खरेल : खरो प्रहरीको राजनीतिमा चलेन जोर  – HamroAwaj

६ मंसिर, काठमाडौं । सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) मा सर्वेन्द्र खनाललाई रोजेपछि आकांक्षी रमेश खरेल तीन वर्षसम्म मौन बसे । ‘नालायक नेतृत्व’को मातहतमा काम नगर्ने बताउँदै राजीनामा दिएका खरेल ११ महिना (प्रहरीमै रहेको भए नियमित अवकाश पाउने दिन) सम्म गुमनाम रहे । स्वेच्छिक अवकाश नरोजेको भए सेवा अवधि सकिने दिन १ फागुन २०७५ मा भावनात्मक … Read more

डेनमार्क र ट्युनिसियाको खेल गोलरहित बराबरी – HamroAwaj

डेनमार्क र ट्युनिसियाको खेल गोलरहित बराबरी  – HamroAwaj

६ मंसिर, काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा समूह डी मा रहेका डेनमार्क र ट्युनिसियाले गोलरहित बराबरी खेलेका छन् । एजुकेसन सिटी स्टेडियममा भएको खेलमा डेनमार्क र ट्युनिसियाले बराबरी खेल्दै एक एक अंक पाए । २२औं संस्करणको विश्वकपमा गोलरहित बराबरीमा टुङ्गिएको यो पहिलो खेल हो भने समग्रमा दोस्रो बराबरी हो । यसअघि अमेरिका र … Read more

उम्मेदवार मेलादेखि विजयसम्म : स्वतन्त्र पार्टीका अभियान संयोजकको चुनावी अनुभव (भिडियो) – HamroAwaj

उम्मेदवार मेलादेखि विजयसम्म : स्वतन्त्र पार्टीका अभियान संयोजकको चुनावी अनुभव (भिडियो)  – HamroAwaj

६ मंसिर, काठमाडौं । अघिल्लो महिनाभरि मैले पश्चिम सुर्खेतदेखि पूर्व झापासम्मका ४० ठाउँजति पुगें । त्यहाँ मैले राष्ट्रिय स्वतन्त्र पार्टीका पक्षमा तीन कुरा देखेँ । पहिलो, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जुन निष्ठापूर्वक काम गरिरहनुभएको छ, त्यसले धेरै मान्छेको मन जितेको छ । त्यसैले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सर्मथन गर्नुपर्छ भन्ने देखिएको छ । दोस्रो, … Read more

नागरिकता प्रकरणमा रवि लामिछानेले बुझाए स्पष्टीकरण – HamroAwaj

नागरिकता प्रकरणमा रवि लामिछानेले बुझाए स्पष्टीकरण  – HamroAwaj

६ मंसिर, चितवन । नागरिकता प्रकरणमा चितवन क्षेत्र नं. २ का उम्मेदवार एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले निर्वाचन आयोगमा स्पष्टीकरण बुझाएका छन् । विदेशी नागरिकता लिएका कारण खारेज भएको नेपाली नागरिकता पेश गरेर उम्मेदवारी दर्ता गराएको तथा पुनः नागरिकता प्राप्तिको प्रक्रियामा नगएको भन्दै उनको उम्मेदवारी खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको थियो … Read more

कास्की-३ मा एमाले उम्मेदवारलाई १,०२६ मतको अग्रता – HamroAwaj

कास्की-३ मा एमाले उम्मेदवारलाई १,०२६ मतको अग्रता  – HamroAwaj

६ मंसिर, पोखरा । कास्की क्षेत्र नम्बर ३ मा नेकपा एमालेले अग्रता कायम राखेको छ । १९ हजार ९३४ मत गणना हुँदा एमालेका दामोदर पौडेल बैरागीले ६ हजार ४८७ मत पाएका छन् । दोस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेलले ५ हजार ४६१ मत पाएका छन् । एमाले उम्मेदवार बैरागीले रास्वपाका पौडेलले भन्दा १ हजार २६ मत … Read more

सिरहा-२ मा झिनो मतले पछि परिन् कांग्रेसकी चित्रलेखा यादव – HamroAwaj

सिरहा-२ मा झिनो मतले पछि परिन् कांग्रेसकी चित्रलेखा यादव  – HamroAwaj

फाइल तस्वीर काठमाडौं । सिरहा-२ मा नेपाली कांग्रेसकी उम्मेदवार चित्रलेखा यादवलाई जनता समाजवादी पार्टी (जसपा)का राजकिशोर यादवले पछि पारेका छन् । यसअघिसम्म अग्रता लिइरहेकी चित्रलेखालाई ८४ मतको अन्तरले राजकिशोरले उछिनेका हुन् । पछिल्लो मत परिणाम अनुसार राजकिशोरले २ हजार ४५ मत पाउँदा चित्रलेखाले १ हजार ९६१ मत ल्याएकी छन् । जनमत पार्टीका विनोद कुमार यादव … Read more

संखुवासभामा कांग्रेसका खड्कालाई सुरुवाती अग्रता – HamroAwaj

संखुवासभामा कांग्रेसका खड्कालाई सुरुवाती अग्रता  – HamroAwaj

६ मंसिर, संखुवासभा । संखुवासभाको मत गणनामा नेपाली कांग्रेसका उम्मेदवार दीपक खड्काले सुरुवाती अग्रता लिएका छन् । ७०० मत गणना हुँदा खड्काले ३३५ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार राजेन्द्र प्रसाद गौतमले ३३२ मत पाएका छन् । उनीहरुबीच ७ मतको मात्रै अन्तर छ । प्रतिनिधिसभातर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको संखुवासभामा नेपाली कांग्रेसका दीपक खड्का, … Read more

स्याङ्जाको वालिङमा आगलागी, ३ जना घाइते – HamroAwaj

स्याङ्जाको वालिङमा आगलागी, ३ जना घाइते  – HamroAwaj

६ मंसिर, स्याङ्जा। स्याङ्जाको वालिङ नगरपालिका वडा नं. १ खहरेस्थित स्थानीय मीनबहादुर हिताङको घरमा मंगलबार बिहान विद्युत सर्ट भई आगलागी भएको छ । आगलागीमा लाखौ रुपैयाँ बराबरको क्षति भएको छ । आगलागीमा परि तीन जना घाइते भएका छन् । घाइते हुनेमा २८ वर्षीया सुनिता हिताङ, उनकै छोरीद्वय ७ वर्षीया आशिमा हिताङ र १८ महिनाकी छोरी … Read more

पर्सा-३ मा कांग्रेसका सुरेन्द्र चौधरीलाई अग्रता – HamroAwaj

पर्सा-३ मा कांग्रेसका सुरेन्द्र चौधरीलाई अग्रता  – HamroAwaj

६ मंसिर, वीरगञ्ज। पर्सा-३ मा नेपाली कांग्रेसका सुरेन्द्र चौधरीले झिनो अग्रता लिइरहेका छन् । मंगलबार दिउँसोसम्म १० हजार ३२ मत गणना हुँदा चौधरीले ४ हजार १९ मत पाएका छन् भने नेकपा एमालेका राजकुमार गुप्ताले ३ हजार ९९२ मत पाएका छन् । त्यस्तै नेपाल सुशासन पार्टीका राजकुमार यादवले १ हजार ३५२ मत पाएका छन् । ९० … Read more