दाङ–१ बाट एकीकृत समाजवादीका मेटमणि चौधरी निर्वाचित – HamroAwaj

दाङ–१ बाट एकीकृत समाजवादीका मेटमणि चौधरी निर्वाचित  – HamroAwaj

८ मंसिर, दाङ । दाङ–१ बाट प्रतिनिधिसभामा नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरी निर्वाचित भएका छन् । २६ हजार ५६३ मत पाएका उनले नेकपा एमालेकी उम्मेदवार शान्ता चौधरीलाई ५ हजार ८४ मतले पराजित गरे । चौधरीले २१ हजार ४७९ मत पाइन् । यस क्षेत्रबाट यसअघि २०७४ मा नेकपा एमालेबाट मेटमणि चौधरी नै निर्वाचित भएका थिए । … Read more

बर्दिया-१ बाट कांग्रेसका संजय गौतम निर्वाचित – HamroAwaj

बर्दिया-१ बाट कांग्रेसका संजय गौतम निर्वाचित  – HamroAwaj

८ मंसिर, बर्दिया । बर्दिया-१ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेस उम्‍मेदवार संजय कुमार गौतम निर्वाचित भएका छन् । उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्‍मेदवार लक्ष्मणराज ज्ञवालीलाई ४ हजार ४५६ मतान्तरले हराउँदै निर्वाचित भएका हुन् । गौतमले ३० हजार ६११ मत पाउँदा उनका प्रतिस्पर्धी ज्ञवालीले २६ हजार १५५ मत मात्र ल्‍याए । यस्तै नागरिक उन्मुक्ति पार्टीका ठाकुर … Read more

डिनाले प्रत्यक्षको टिकट मागेपछि देउवाले भनेका थिए, ‘दिन्छु, हारियो भने मुख नदेखाउनू’ – HamroAwaj

डिनाले प्रत्यक्षको टिकट मागेपछि देउवाले भनेका थिए, ‘दिन्छु, हारियो भने मुख नदेखाउनू’  – HamroAwaj

८ मंसिर, काठमाडौं । आम चुनावको टिकट वितरण गर्नुअघि गत असोज पहिलो साता कांग्रेसभित्र एउटा रोचक सवाल जवाफ चल्यो । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई पार्टीकी एकमात्रै महिला पदाधिकारी महालक्ष्मी उपाध्याया डिनाले मुखै फोरेर भनेकी थिइन्, ‘जिल्ला सभापतिदेखि प्रदेशसम्म, जहाँ पनि पुरुष सभापति हुने, महिलाले केही नपाउने ?’ प्रसंग चुनावका लागि प्रशिक्षणको थियो । … Read more

बैतडीबाट प्रतिनिधि सभामा दामोदर भण्डारीको ह्याट्रिक – HamroAwaj

बैतडीबाट प्रतिनिधि सभामा दामोदर भण्डारीको ह्याट्रिक  – HamroAwaj

८ मंसिर, बैतडी । बैतडीमा प्रतिनिधि सभामा नेकपा एमालेका दामोदर भण्डारीले लगातार तेश्रो जीत हासिल गरेका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका नरेन्द्रबहादुर कुँवरलाई पराजित गर्दै भण्डारीले जितेका हुन् । भण्डारीले ३३ हजार ६११ मत ल्याए भने उनका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका कुँवरले ३२ हजार ८० मत ल्याए । कुँवरलाई १ हजार ५३१ … Read more

रौतहट-३ बाट प्रतिनिधिसभामा प्रभू साह निर्वाचित – HamroAwaj

रौतहट-३ बाट प्रतिनिधिसभामा प्रभू साह निर्वाचित  – HamroAwaj

८ मंसिर, रौतहट ।  रौतहट क्षेत्र नम्बर-३ बाट प्रतिनिधिसभा सदस्‍यमा स्वतन्त्र उम्मेदवार प्रभू साह निर्वाचित भएका छन् । साहले स्वतन्त्र उम्‍मेदवार ओमप्रकाश जयसवाललाई ७ हजार २३७ मतान्तरले हराउँदै निर्वाचित भएका हुन् । साहले ३२ हजार ४३७ मत पाउँदा उनका प्रतिस्पर्धी जयसवालले २५ हजार २०० मत ल्याए । यस्तै माओवादी केन्द्रका उम्‍मेदवार रविन्द्र पटेलले ३ हजार … Read more

राप्रपाले जितिरहँदा हारेका कमल थापा – HamroAwaj

राप्रपाले जितिरहँदा हारेका कमल थापा  – HamroAwaj

फाइल तस्वीर ८ मंसिर, काठमाडौं । पञ्चायतकालदेखिका राजनीतिक खेलाडी कमल थापाले एमालेबाट चुनाव लड्दा उनकै पूर्वपार्टी राप्रपाका दीपकबहादुर सिंहसँग पराजित हुन पुगे । यो हारसँगै नेपाली राजनीतिबाट थापा ‘आउट डेटेड’ हुने सम्भावना बढेको छ । ‘कुर्सी केन्द्रित’ राजनीतिका हिमायती थापाले एक वर्षअघि महाधिवेशनमा पराजित भएपछि निर्मल निवासलाई आफ्नो पराजयको कारण घोषणा गरे र त्यसको केही … Read more

सोलुखुम्बुमा बलबहादुर केसीमाथि अन्तर्घात भएको आरोप – HamroAwaj

सोलुखुम्बुमा बलबहादुर केसीमाथि अन्तर्घात भएको आरोप  – HamroAwaj

८ मंसिर , काठमाडौं । नेपाली कांग्रेसका नेता बलबहादुर केसी सोलुखुम्बुबाट लगातार दोस्रो पटक पराजित भए । २०७४ सालमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले गठबन्धन गर्दा पराजित भएका केसी यसपटक नेकपा माओवादी केन्द्रसँग कांग्रेसले गठबन्धन गर्दा पनि पराजित भए । केसी पक्षले भने पार्टीभित्रैबाट असहयोग भएकाले चुनाव हारेको आरोप लगाएको छ । केन्द्रीय सदस्य … Read more

सर्लाही २ मा राजेन्द्र महतोले लिए अग्रता – HamroAwaj

सर्लाही २ मा राजेन्द्र महतोले लिए अग्रता  – HamroAwaj

८ मंसिर, काठमाडौं । सर्लाही क्षेत्र नं. २ मा लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार राजेन्द्र महतोले अग्रता लिएका छन् । माओवादी केन्द्रका उम्मेदवार महिन्द्र राय यादवलाई उछिन्दै महताेले अग्रता लिएका हुन् । महताले ८ हजार ८९० मत ल्याउँदा यादवले ८ हजार ७५० मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार राज नारायण शाहले ५ हजार २५६ मत … Read more

नेप्सेमा दोहोरो अंकको वृद्धि, ९२ करोड ५१ लाखको कारोबार – HamroAwaj

नेप्सेमा दोहोरो अंकको वृद्धि, ९२ करोड ५१ लाखको कारोबार  – HamroAwaj

८ मंसिर, काठमाडौं । सातको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा दोहोरो अंकको सुधार भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका कारण आइतबार र सोमबार बन्द रहेको सेयर बजार मंगलबारदेखि मात्रै खुलेको थियो । मंगलबार र बुधबार लगातार दुई दिन गिरावट भएको बजार परिसूचक नेप्से बिहीबार भने दोहोरो अंकले बढेर बन्द भएको छ । बिहीबार … Read more

सप्तरीबाट प्रदेशसभामा राजकुमार लेखी निर्वाचित – HamroAwaj

सप्तरीबाट प्रदेशसभामा राजकुमार लेखी निर्वाचित  – HamroAwaj

८ मंसिर, सप्तरी । सप्तरी क्षेत्र नम्बर १ (क)बाट नेकपा एमालेका उम्‍मेदवार राजकुमार लेखी निर्वाचित भएका छन् । सीके राउत नेतृत्वको जनमत पार्टीका शिन नन्दन महतो दोस्रो र सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका बेचनप्रसाद चौधरी थारू तेस्रो भएका छन् । लेखीले निकटतम प्रतिस्पर्धी जनमत पार्टीका शिननन्दन महतोलाई ५ हजार १९८ मतान्तर पराजित गर्दै निर्वाचित भएका … Read more