गोरखाबाट प्रतिनिधिसभामा माओवादी अध्यक्ष प्रचण्ड निर्वाचित – HamroAwaj


८ मंसिर, गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा क्षेत्र नं. २ बाट निर्वाचित भएका छन् । उनी १३ हजार भन्दा बढी मत अन्तरले प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएको स्रोतले बतायो ।

उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटी भए । नेकपा एमालेक उम्मेदवार अब्दुस मिया तेस्रो स्थानमा रहे ।

निर्वाचन आयोगले भने मत परिणाम औपचारिक रुपमा सार्वजनिक गरेको छैन ।

माओवादी अध्यक्ष प्रचण्डले २०६४ यताका सबै चुनाव लगातार जित्दै आएका छन् । २०७४ को चुनाव चितवन क्षेत्र नम्बर ३ बाट जितेका उनले यसपटक गोरखा २ रोजेका थिए ।





Source link

HamroAwaj

2022-11-24 08:15:33

Leave a Comment