मकवानपुर १ मा सुरुदेखि तेश्रो रहेका दीपक सिंहले लिए अग्रता – HamroAwaj


८ मंसिर, हेटौंडा । मकवानपुर क्षेत्र नम्बर १ मा सुरुदेखि तेश्रो स्थानमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक सिंहले अग्रता लिएका छन् ।

उनले १८ मतको अग्रता बनाएका हुन् ।

पछिल्लो विवरण अनुसार उनले २३ हजार ३५८ मत पाएका छन् ।

सुरुदेखि नै अग्रता लिएकी नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय डिनाले २३ हजार ३४० मत पाएकी छिन् ।

नेकपा एमालेको चुनाव चिह्न सूर्यबाट उठेका राप्रपा नेपालका कमल थापाले भने २२ हजार ६५८ मत पाएका छन् ।

अब मकवानपुर उपमहानगरपालिकाको वडा नम्बर ९ र १० को मत गन्न बाँकी छ ।





Source link

HamroAwaj

2022-11-24 11:24:58

Leave a Comment