तेह्रथुममा पुन: एमालेका विजय सुब्बाको अग्रता – HamroAwaj


९ मंसिर, तेह्रथुम । तेह्रथुममा प्रतिनिधि सभाको जारी मतगणनामा फेरि नेकपा एमालेका विजय सुब्बाले अग्रता लिएका छन् ।

म्याङलुङ नगरपालिकाको मत गणना हुँदा सुब्बाले नेपाली कांग्रेसकी सीता गुरुङलाई ५३९ मतले पछि पारेका हुन् ।

निर्वाचन कार्यालयको तथ्याङ अनुसार सुब्बाले १० हजार ६६३ मत प्राप्त गर्दा गुरुङले १० हजार १२४ मत पाएकी छन् ।

७१ हजार ९३३ मतदाता रहेका जिल्लामा ४१ हजार १८० जनाले मतदान गरेका थिए ।





Source link

HamroAwaj

2022-11-25 07:53:02

Leave a Comment