अष्ट्रेलियामा गोली लागेर २ प्रहरीसहित ६ जनाको मृत्यु – HamroAwaj


२७ मंसिर, काठमाडौं । अष्ट्रेलियाको क्विन्सल्याण्ड राज्यमा गोली लागेर दुई प्रहरीसहित ६ जनाको मृत्यु भएको छ ।

क्विन्सल्याण्डको ब्रिस्बेनबाट २७० किलोमिटर टाढा पर्ने वेम्बिला भन्ने स्थानमा एक बेपत्ता व्यक्तिको खोजीमा जुटेका प्रहरीहरूमाथि आक्रमण भएको थियो । प्रहरीको जवाफी कारबाहीमा ५८ वर्षीय एक व्यक्ति पनि मारिएका छन् ।

प्रहरीका अनुसार मृत्यु हुनेमा २६ वर्षीय मेथ्यु अरनोल्ड र २९ वर्षीय रेचल म्याक्रो छन् । अर्का एक प्रहरी घाइते छन् । अर्का एकजनाले भने भागेर ज्यान जोगाउन सफल भएका छन् ।

प्रहरीका अनुसार आक्रमणकारी को हुन् र उनीहरुले किन आक्रमण गरे भन्ने खुलेको छैन ।

अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बनिजले यो घटनालाई हृदयविदारक भनेर टिप्पणी गरेका छन् ।





Source link

HamroAwaj

2022-12-13 09:14:54

Leave a Comment