मेसीले बनाए विश्वकपमा सर्वाधिक खेल खेल्ने कीर्तिमान – HamroAwaj

मेसीले बनाए विश्वकपमा सर्वाधिक खेल खेल्ने कीर्तिमान  – HamroAwaj

फाइल तस्वीर । ३ पुस,  काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनल मेसीले फिफा विश्वकपमा सर्वाधिक खेल खेल्ने खेलाडी बनेका छन् । कतारमा जारी २२औं संस्करणको विश्वकप फुटबल फाइनलमा फ्रान्स विरुद्ध मैदान उत्रेसँगै मेसीले सर्वाधिक २६ खेल खेल्ने कीर्तिमान बनाएका हुन् । जारी विश्वकपमा सातौँ खेल खेलिरहेका मेसीले जर्मनीका लोथार म्याथाउसको २५ खेलको कीर्तिमान तोडेका हुन् । … Read more

समाजवादी मोर्चा : देउवालाई दबावमा राख्ने प्रचण्ड जुक्ति – HamroAwaj

समाजवादी मोर्चा : देउवालाई दबावमा राख्ने प्रचण्ड जुक्ति  – HamroAwaj

३ पुस, काठमाडौं । चुनावलाई प्रभावित पार्ने उद्देश्यसहित माओवादी केन्द्र र एकीकृत समाजवादीले ‘समाजवादी केन्द्र’ बनाउन चाहेका थिए । त्यसमा जनता समाजवादी पार्टीबाट अलग हुने तयारीमा रहेका डा. बाबुराम भट्टराई समेत मिसिएका थिए । उनले समाजवादी जोडेर ‘नेपाल समाजवादी पार्टी’ बनाएका थिए । समाजवादी केन्द्र बनाउन सहमत भएका नेताहरुमा ‘नेकपा’ जोड्ने कि नजोड्ने भन्ने बिषय … Read more

‘कार्यकाल सकिएपछि महाअभियोग निष्क्रिय हुन्छ’ (पूर्ण पाठ) – HamroAwaj

‘कार्यकाल सकिएपछि महाअभियोग निष्क्रिय हुन्छ’ (पूर्ण पाठ)  – HamroAwaj

३ पुस, काठमाडौं । संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले सर्वोच्च अदालतको संवैधानिक इजलासमा पठाएको लिखित जवाफमा प्रतिनिधिसभाको कार्यकाल सकिएपछि महाअभियोग पनि निष्क्रिय हुने दावी गरेका छन् । २० मंसिरमा महासचिव गौतमले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग प्रस्ताव निस्प्रभावी भएको भन्दै पत्र दिएका थिए । त्यसविरुद्ध परेको रिटमा सुनुवाइ सर्वोच्च अदालतको फुल कोर्ट (पूर्ण बैठक) र … Read more

११ अर्बको बिजुली बेचेपछि निर्यात बन्द, अर्को वर्ष प्राधिकरणलाई वित्तीय जोखिम – HamroAwaj

११ अर्बको बिजुली बेचेपछि निर्यात बन्द, अर्को वर्ष प्राधिकरणलाई वित्तीय जोखिम  – HamroAwaj

३ पुस, काठमाडौं । भारतमा नेपालबाट भइरहेको विद्युत निर्यात रोकिएको छ । सुख्खायाम लागेर नेपालमा उत्पादित बिजुली र माग बराबर भएपछि नेपाल विद्युत् प्राधिकरणले विद्युत निर्यात बन्द गरेको हो । अब सम्भवतः २०८०को असार पहिलो सातासम्म विद्युत निर्यात बन्द हुने प्राधिकरणका प्रवक्ता तथा भारप्रेषण केन्द्रका प्रमुख सुरेशबहादुर भट्टराईले जानकारी दिए । गत १ जेठबाट प्राधिकरणले … Read more

भाडा विवादमा उद्योगीले भने- अख्तियारले के हेरेर बस्यो ? – HamroAwaj

भाडा विवादमा उद्योगीले भने- अख्तियारले के हेरेर बस्यो ?  – HamroAwaj

३ पुस, काठमाडौं । औद्याेगिक क्षेत्रभित्र भएको भाडावृद्धिविरुद्ध उद्योगीहरु आन्दोलनमा छन् । भाडावृद्धि फिर्ता लिन दबाव दिन नेपाल ‍औद्याेगिक क्षेत्र उद्योग महासंघले काठमाडौंमा आइतबार पत्रकार सम्मेलनको आयोजना गर्‍यो । महासंघले भाडावृ‌द्धि खारेज नगरे सरकारले गम्भीर मूल्य चुकाउनु पर्ने चेतावनी दियो। नेपाल उद्योग वाणिज्य महासंघको सभाहलमा आयोजित पत्रकार सम्मेलनको अन्तिम वक्ता थिए शैलेन्द्रलाल प्रधान । पाटन औद्योगिक … Read more

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय अभिनेता ओवराय, भनेः नेपालीलाई नयाँ वर्षको उपहार ! – HamroAwaj

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय अभिनेता ओवराय, भनेः नेपालीलाई नयाँ वर्षको उपहार !  – HamroAwaj

३ पुस, पोखरा । शुक्रबारदेखि पोखराका विभिन्न पर्यटकीय क्षेत्रमा घुमघामसहित साहसिक खेलमा सहभागी भइरहेका भारतीय अभिनेता विवेक ओवराय आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पुगे । विमानस्थल आगामी अंग्रेजी नयाँ वर्ष अर्थात् जनवरी १ देखि व्यावसायिक उडान गर्ने तयारीमा नागरिक उड्डयन प्राधिकरण छ । पर्यटन बोर्ड तथा विमानस्थल आयोजनाले ओवरायलाई अवलोकनका लागि डाकेको थियो । विमानस्थल अवलोकनपश्चात … Read more

कैलालीको अत्तरियामा गोली चल्यो, २ जना घाइते – HamroAwaj

कैलालीको अत्तरियामा गोली चल्यो, २ जना घाइते  – HamroAwaj

गोली प्रहारबाट घाइते भएका न्यू घोडाघोडी सुनचाँदी पसलका सञ्चालक ३१ वर्षीय विकास गौतम ३ पुस, कैलाली । कैलालीको अत्तरियामा अज्ञात समूहले गोली चलाउँदा २ जना घाइते भएका छन् । आइतबार साँझ साढे ६ बजे मोटरसाइकलमा आएका नचिनेका मानिसहरुले गोली चलाउँदा दुई जना घाइते भएको इलाका प्रहरी कार्यालय कैलाली अत्तरियाका डीएसपी रविन्द्र पाण्डेले जानकारी दिए । … Read more

फिल्म ‘हात्तीछाप’मा सौगात मल्ल अनुबन्धित – HamroAwaj

फिल्म ‘हात्तीछाप’मा सौगात मल्ल अनुबन्धित  – HamroAwaj

काठमाडौं । अभिनेता सौगात मल्ल फिल्म ‘हात्तीछाप’मा अनुबन्धित भएका छन् । प्रमुख भूमिकाको लागि सौगात र निर्माताबीच आइतबार लिखित सम्झौता भएको हो । मुख्य भूमिकामा यसअघि दयाहाङ राई पनि अनुबन्धित भइसकेका छन् । फिल्ममा दयाहाङ र सौगातको समानान्तर भूमिका हुने निर्माता किरण नेपालीले बताए । सौगात र दयाहाङ निर्माता नेपालीको पछिल्लो फिल्म ‘दुई नम्बरी’को समेत प्रमुख … Read more

आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने कांग्रेसको निर्णय – HamroAwaj

आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने कांग्रेसको निर्णय  – HamroAwaj

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत । ३ पुस, काठमाडौं । नेपाली कांग्रेसले औपचारिक रुपमा नयाँ सरकारको नेतृत्वमा दाबी गरेको छ । आइतबार बसेको कार्यसम्पादन समितिको बैठकले आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको हो । प्रवक्ता डा. प्रकाशशरण महत भन्छन्, ‘गठबन्धनको सरकारलाई निरन्तरता दिन हाम्रो लक्ष्य हो । यसअनुसार गठबन्धनको नेतृत्वसँग छलफल हुन्छ, … Read more

मेलम्चीमा पूर्वप्रधानमन्त्री भट्टराईको पूर्णकदको शालिक – HamroAwaj

मेलम्चीमा पूर्वप्रधानमन्त्री भट्टराईको पूर्णकदको शालिक  – HamroAwaj

३ पुस, सिन्धुपाल्चोक । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँको सुन्दरीजलस्थित मेलम्ची खानेपानी आयोजनको पानी प्रशोधन केन्द्र परिसरमा पूर्वप्रधानमन्त्री एवं सन्त नेता कृष्णप्रसाद भट्टराईको पूर्णकदको शालिक अनावरण गरेका छन् । विसं २०४६ को जनआन्दोलनपछि गठित अन्तरिम मन्त्रिपरिषद्का प्रधानमन्त्री स्वर्गीय भट्टराईले ३० वर्षअघि मेलम्चीको पानी काठमाडौँ ल्याउने परिकल्पना गरेका थिए । सन्त नेता भट्टराईले देखेको सपना राजधानीवासीले मेलम्चीको … Read more