चार्ल्स शोभराजको एउटा इच्छा पूरा, अर्को अधुरै – HamroAwaj


८ पुस, काठमाडौं । जन्मकैदको सजाय पाएर थुनामा रहेका चार्ल्स शोभराधलाई सर्वोच्च अदालतले बुधबार थुनमुक्त गर्ने आदेश थियो ।

अदालतबाट थुनामुक्त गर्ने आदेश आए लगत्तै उनले सकभर केही दिन नेपालमै बस्न चाहेको बताएर त्यसको वातावरण बनाउन कारागार प्रशासनलाई आग्रह गरेका थिए ।

अदालतले पनि उनलाई १५ दिन भित्र स्वदेश फर्कने वातावरण बनाउन आदेश दिएको थियो ।

त्यसैले शोभराजले केही दिन हायात होटलमा बस्ने, सहयोगी र केही अन्तर्राष्ट्रिय सञ्चार माध्यमका पत्रकारसित कुरा गर्ने योजना बनाएका थिए । जुन उनले जेल प्रशासनमा सुनाएका थिए ।

तर उनको त्यो आग्रह विपरीत अध्यागन विभागले शुक्रबार नै उनलाई फ्रान्स डिपोर्ट गरेको छ ।

बिहीबार बेलुकी नै उनलाई अध्यागमन विभाग उपस्थित गराउने तयारी भए पनि ठाउँ नभएको भन्दै कारागारमै राखियो र शुक्रबार मात्र विभागमा लगियो ।

तर विभागले उनको इच्छा अनुसार नेपालमा बस्न नदिने निर्णय गरेर डिपोर्ट गर्‍यो ।

सुरक्षाको कारण देखाउँदै उनलाई कसैको जिम्मा जमानीमा नेपालमै छाड्न अध्यगमनले मानेन ।

उल्टै ५० हजार रुपैयाँ जरिवाना र १० वर्षसम्म नेपाल प्रवेश निषेध गरी फ्रान्स पठाइयो ।

विभागकी निर्देशक प्रदर्शनी कुमारीले भनिन्, ‘अध्यागमन ऐन अनुसार जरिवाना गरेपछि उनलाई डिपोर्ट गरेका छौं ।’

 

अध्यागमनले डिपोर्ट गरेपछि नेपाल बस्ने चाहना पूरा नभए पनि शोभराजको अर्को चाहना भने प्रहरी र प्रशासनले पूरा गरिदिएको छ ।

त्यो चाहना हो- पत्रकारलाई फोटो भिडियो खिच्न नदिने ।

शोभराजले प्रशासनलाई कुनै पनि पत्ररकालाई फोटो भिडियो खिच्न नदिन र आफूलाई भेट्न नदिन आग्रह गरेका थिए ।

उनकै आग्रह अनुसार निक्कै कडा सुरक्षाबीच कारागारबाट अध्यागमन कार्यालयमा र त्यहाँबाट विमानस्थलसम्म लगेको प्रहरी श्रोतले जनाएको छ ।

जसका कारण पत्रकारले शोभराजको अनुहार देखिने गरी फोटो र भिडियो खिच्न पाएनन् र शोभराजको एउटा चाहना पूरा भयो ।





Source link

HamroAwaj

2022-12-23 18:22:12

Leave a Comment