धरानमा हर्क साम्पाङ र कार्यपालिका सदस्यबीचको विवाद समाधान – HamroAwaj


११ पुस, काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ राई र कार्यपालिका सदस्यहरुबीचको विवाद समाधान भएको छ ।

विवाद समाधान भएपछि नगरकार्यपालिका बैठक सौहार्दपूर्ण वातावरणमा सुरु भएको छ

कार्यपालिका सदस्यहरुले गत कात्तिक १७, २४ र मंसिर २९ गते बोलाएको बैठक बहिष्कार गरेका थिए ।

यसअघि धरान उपमहानगरपालिकामा कार्यपालिका सदस्यहरुले बैठक बहिष्कार गरेको भन्दै नगर प्रमुख हर्कराज राईले नैतिकताका आधारमा राजीनामासमेत माग गरेका थिए ।

उपमेयर अइन्द्रविक्रम बेघाले कार्यपालिका सदस्य र मेयरबीच बैठक बस्ने सहमति निर्माण गरेपछि सोमबार नगरकार्यपालिका बैठक बसेको हो ।





Source link

HamroAwaj

2022-12-26 15:18:05

Leave a Comment