१४ पुस, काठमाडौं । विवेकशील साझा पार्टीले निर्वाचन समीक्षा भेला बोलाएको छ । शुक्रबार र शनिबार तनहुँको बन्दीपुरमा समीक्षा भेला आयोजना गरिएको अध्यक्ष समीक्षा बास्कोटाले जानकारी दिइन् ।
पार्टी स्थापना, आन्तरिक विवाद, कार्यशैली, वैचारिक बेमेल, फुट, एकता र निर्वाचन परिणाबारे बैठकमा समीक्षा हुने अध्यक्ष बास्कोटाले बताएकी छन् ।
उनले पार्टीका जिम्मेवारीमा रहेका सबैलाई भौतिकरुपमा बैठकमा उपस्थित हुन अपिल गरेकी छन् ।
साथै, अध्यक्ष बास्कोटाले राजीनामा दिएका, कारबाहीमा परेका, जिम्मेवारिबाट अलग भएका, निष्क्रिय भएका सबैलाई जिम्मेवारीमा फर्किन अनुरोध गरेकी छन् ।
HamroAwaj
2022-12-29 11:59:51