प्रदेश १ कांग्रेस संसदीय दलको नेतामा उद्धव थापा निर्वाचित – HamroAwaj


१५ पुस, काठमाडौं । प्रदेश नं. १ को नेपाली कांग्रेस संसदीय दलको नेतामा उद्धव थापा निर्वाचित भएका छन् ।

कृष्ण प्रसाद सिटौला निकट थापालाई महामन्त्री विश्वप्रकाश शर्माको समेत समर्थन थियो ।

संसदीय दलको नेतामा शेखर कोइराला निकट केदार कार्की र संस्थापन पक्षका अमृत अर्याल प्रतिस्पर्धामा थिए । थापा सबैभन्दा बढी १८ मत ल्याएर संसदीय दलको नेता चुनिए । कार्कीले ९ र अर्याल २ मत पाए ।

संसदीय दलको नेता चुनिएका थापा पार्टीको प्रदेश १ सभापति एवम् झापा जिल्लाको पूर्व सभापति पनि हुन् ।





Source link

HamroAwaj

2022-12-30 10:39:54

Leave a Comment