उत्तर कोरियाद्वारा जापानको समुद्री क्षेत्रमा ३ वटा मिसाइल प्रहार – HamroAwaj


१६ पुस, काठमाडौं । उत्तर कोरियाले जापानको समुद्री क्षेत्रमा तीन वटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । यी मिसाइल छोटो दूरीका हुन् ।

जापानको रक्षा मन्त्रालयले पहिलो ब्यालेस्टिक मिसाइल स्थानीय समयानुसार बिहान ८ : ०० बजे, दोस्रो ८ : १४ बजे र तेस्रो त्यसको एक मिनेटपछि प्रहार भएको जनाएको छ ।

तीनवटै मिसाइल राजधानी प्योङयाङको उपनगरबाट प्रहार गरिएको थियो । ती मिसाइल १०० किलोमिटरको उचाइबाट ३५० किलोमिटरसम्म उडेको अनुमान गरिएको छ ।

मन्त्रालय र समाचार संस्थाका अनुसार यी मिसाइलहरू जापानको समुद्री क्षेत्र तर विशेष आर्थिक क्षेत्रभन्दा बाहिर खसेका छन् ।

 





Source link

HamroAwaj

2022-12-31 08:23:34

Leave a Comment