प्रतिपक्षीको बेन्चमा बस्छु भनेको छैन : प्रभु साह – HamroAwaj


२४ पुस, काठमाडौं । रौतहट–३ बाट निर्वाचित प्रभु साहले आफूले प्रतिपक्षी बेन्चमा बस्छु नभनेको प्रष्टीकरण दिएका छन् । २५ पुसमा बस्ने प्रतिनिधिसभा बैठकका लागि संघीय संसद सचिवालयले सांसदहरुको सिट तय गरिसकेको छ ।

साहले प्रतिपक्षी बेञ्चमा बस्ने भनी संसद सचिवालयलाई जानकारी गराएको भन्ने समाचार आएपछि उनले त्यसको खण्डन गरेका हुन् । आफ्नो नाम जोडी संसदको प्रतिपक्षमा बस्ने भनी आएको समाचार गलत भएके उनले सामाजिक सञ्जालमा लेखेका छन् ।



Source link

HamroAwaj

2023-01-08 21:40:20

Leave a Comment