प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने जसपाको निर्णय – HamroAwaj


२५ पुस, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल संसदीय दलको बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

सोमबार बसेको संसदीय दलको बैठकले ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको हो ।

यसका साथै बैठकले आफ्ना सांसदहरुलाई सरकारको पक्षमा उभिन ह्वीप लगाउने निर्णयसमेत गरेको जसपाका प्रचारविभाग प्रमुख पूर्ण बस्नेतले बताए ।





Source link

HamroAwaj

2023-01-09 20:37:41

Leave a Comment