नवनियुक्त परराष्ट्रमन्त्री विमला राई पौड्याल र युरोपियन युनियनको प्रतिनिधिमण्डलबीच बुधबार भेटवार्ता भएको छ ।
नेपालका लागि युरोपियन युनियनकी राजदूत नोना डेप्रेजको नेतृत्वमा नेपालका लागि फ्रान्स, फिनल्यान्ड र जर्मनीका राजदुतको समेत सहभागितामा बुधाबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भेट भएको हो ।
परराष्ट्रमन्त्री पौड्याल र युरोपियन युनियनको प्रतिनिधिमण्डलबीच भएको भेटमा आपसी हित र विविध विकास सहयोगका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
निर्वाचन सम्पन्न भएर नयाँ सरकार गठन भएसँगै विभिन्न मुलुकका कूटनीतिज्ञहरूले सरकारका मन्त्रीहरूसँगको शिष्टाचार भेटघाटलाई तीव्रता दिएका छन् ।
HamroAwaj
2023-01-25 21:24:25