पाकिस्तानसँग संसदीय सहकार्य गर्ने विषयमा छलफल – HamroAwaj


११ माघ, काठमाडौं । पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारी र पाकिस्तानका कानुन तथा न्याय मन्त्रालयका राज्यमन्त्री शाहदत अवानबीच दुई मुलुकका बीचमा संसदीय सहकार्य गर्ने विषयमा छलफल भएको छ ।

राजदूत अधिकारी र पाकिस्तानी राज्यमन्त्री आवनबीच बुधबार इस्लामावादमा भएको भेटवार्तामा दुई देशबीच संसदीय सहकार्य गर्ने विषयमा छलफल भएको हो ।

इस्लामावादस्थित नेपाली राजदूतावासका अनुसार भेटमा द्विपक्षीय सम्बन्धलाई थप बलियो बनाउने विषयमा समेत छलफल भएको थियो ।





Source link

HamroAwaj

2023-01-25 21:32:18

Leave a Comment