प्रमोद खरेलको कन्सर्टको भीडमा नौ जनाभन्दा बढी घाइते, कार्यक्रम स्थगित – HamroAwaj

प्रमोद खरेलको कन्सर्टको भीडमा नौ जनाभन्दा बढी घाइते, कार्यक्रम स्थगित  – HamroAwaj

फाइल तस्वीर धनकुटा । धनकुटा महोत्सवमा गायक प्रमोद खरेलको ‘कन्सर्ट’ हेर्न आएकाहरूको भीडमा परी नौ जनाभन्दा बढी घाइते भएका छन् । घाइतेको धनकुटा अस्पतालमा उपचार हुन नसकी धरानको बिपी कोइराला विज्ञान प्रतिष्ठानमा पठाइएकाको अस्पतालको इमर्जेन्सी शाखाले जानकारी दिएको छ । अत्यधिक भीडका कारण झण्डै नौ जनाभन्दा बढी दर्शक घाइते भएकाले उपचारका लागि अस्पताल लगिएको प्रहरी … Read more

सिमरा सेजमा टायल्स उद्योगको शिलान्यास – HamroAwaj

सिमरा सेजमा टायल्स उद्योगको शिलान्यास  – HamroAwaj

१४ माघ, वीरगञ्ज । विशेष आर्थिक क्षेत्र प्राधिकरण सिमरा ‘सेज’ मा पहिलो उद्योग स्थापना हुने भएको छ । ३४३ बिघा क्षेत्रफल ओगटेको सिमरा सेजको ‘ए ब्लक’ मा टायल्स तथा मार्बल उद्योग स्थापना गर्न लागिएको हो । टायल्स फ्याक्ट्रीका लागि ८ वटा प्लट लिएको उद्योगी तुलसी गुप्ताले बताए । भारतीय कम्पनी अशोक, आकृति टायल्स तथा मार्बल … Read more

रामेश्वर श्रेष्ठ मेयर दोहोरिन चाहन्थे, बने स्वास्थ्य मन्त्री – HamroAwaj

रामेश्वर श्रेष्ठ मेयर दोहोरिन चाहन्थे, बने स्वास्थ्य मन्त्री  – HamroAwaj

१३ माघ, हेटौंडा । बुधबार बागमती प्रदेशको स्वास्थ्य मन्त्रीको शपथ लिएलगत्तै रामेश्वर श्रेष्ठ हतार-हतार स्वास्थ्य मन्त्रालय पुगेर कार्यभार सम्हाले । त्यसपछि सचिव र विभागीय प्रमुखहरूको बि्रफिङ सुने । बिहीबार पनि मन्त्रालयको बि्रफिङ र पार्टीका नेता-कार्यकर्ताबाट बधाईसँगै विभिन्न सुझाव लिएका उनी शुक्रबार काठमाडौं जाँदैछन् । ललितपुरको महालक्ष्मी नगरपालिका प्रमुखबाट पहिलो मौकामै प्रदेश सभा निर्वाचन जितेर प्रदेश … Read more

२०२४ को कोपा अमेरिका फुटबल अमेरिकामा हुने, १६ टिमले प्रतिस्पर्धा गर्ने – HamroAwaj

२०२४ को कोपा अमेरिका फुटबल अमेरिकामा हुने, १६ टिमले प्रतिस्पर्धा गर्ने  – HamroAwaj

१४ माघ, काठमाडौं । दक्षिण अमेरिकी महादेशको फुटबलको प्रतियोगिता कोपा अमेरिकाको आगामी संस्करण अमेरिकामा हुने भएको छ । उत्तर अमेरिकी राष्ट्र अमेरिकामा आयोजना हुने २०१४ को कोपा अमेरिकामा कूल १६ राष्ट्रले प्रतिस्पर्धा गर्नेछ । जसमा दक्षिण अमेरिकाका १० टिम हुनेछन् भने उत्तर र मध्य अमेरिकी क्षेत्रबाट ६ टिम हुनेछन् । २०२४ को कोपा अमेरिका आयोजना … Read more

रामदेव मरिकको ऋण जनप्रतिनिधिले तिरिदिने, छोरालाई पालिकामा जागिर दिने – HamroAwaj

रामदेव मरिकको ऋण जनप्रतिनिधिले तिरिदिने, छोरालाई पालिकामा जागिर दिने  – HamroAwaj

१४ माघ, जनकपुरधाम । गत हप्ता आत्मकत्या गरेका सप्तरीका रामदेव मरिक डोमको ऋण गाउँपालिकाका जनप्रतिनिधिले तिरिदिने भएका छन् । सप्तरीको छिन्नमस्ता गाउँपालिका जनप्रतिनिधिले आफ्नो तलब भत्ताबाट उनको परिवारले विभिन्न वित्तीय संस्था र व्यक्तिलाई तिर्नुुपर्ने साढे ३ लाख रुपैयाँ तिरिदिने निर्णय गरेको गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले बताए । छिन्नमस्ता गउँपालिका–२ रामपुरका ४५ वर्षीय रामदेव मरिक १० … Read more

माग सम्बोधन नभएसम्म प्रतिपक्षमै बस्छौं : रञ्जिता श्रेष्ठ चौधरी – HamroAwaj

माग सम्बोधन नभएसम्म प्रतिपक्षमै बस्छौं : रञ्जिता श्रेष्ठ चौधरी  – HamroAwaj

१४ माघ, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले आफ्नो पार्टीको माग सम्बोधन नभएसम्म संघ वा प्रदेश कुनै पनि सरकारमा सहभागी नहुने अडान राखेकी छन् । सरकारलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष श्रेष्ठले शनिबार बुटवलमा पत्रकारहरुसँग कुरा गर्दै रेशम चौधरीलगायतका टीकापुर घटनाका बन्दीहरुलाई रिहाई नगरेसम्म संघ र प्रदेश कतै पनि सरकारमा सहभागी … Read more

साबालेन्काले जितिन् पहिलाे ग्राण्डस्लाम उपाधि – HamroAwaj

साबालेन्काले जितिन् पहिलाे ग्राण्डस्लाम उपाधि  – HamroAwaj

१४ माघ, काठमाडौं । बेलारुसकी आर्यना साबालेन्काले करियरकाे पहिलाे ग्राण्डस्लाम उपाधि जितेकी छन् । विश्व नम्बर पाँच टेनिस खेलाडी साबालेन्काले शनिबार अष्ट्रेलियन ओपनकाे फाइनलमा एलेना राइबाकिनामाथि पुरागमन जित निकाल्दै पहिलाे ग्राण्डस्लाम उपाधि जितेकी हुन् । मेलवर्नमा भएकाे फाइनलमा पहिलाे सेट राइबाकिनाले ६-४ ले जित्दै अग्रता लिएकी थिईन् । तर २४ वर्षीया साबालेन्काले त्यसपछिका दुई सेट … Read more

सुदूरपश्चिमका मुख्यमन्त्री : नागरिक उन्मुक्तिको विश्वास जित्नै हम्मे – HamroAwaj

सुदूरपश्चिमका मुख्यमन्त्री : नागरिक उन्मुक्तिको विश्वास जित्नै हम्मे  – HamroAwaj

१४ माघ, धनगढी । नेकपा एमाले संसदीय दलका नेता राजेन्द्र रावल सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री भएको १८ दिन भयो । न विश्वासको मत लिन सकेका छन्, न मन्त्रिपरिषद् विस्तार गर्न । झण्डै एउटै समयमा नियुक्त भएका अरु प्रदेशका मुख्यमन्त्रीहरुले विश्वासको मत पाइसके, कतिपयले त सरकारलाई पूर्णता पनि दिइसकेका छन् । सुदूरपश्चिमका मुख्यमन्त्री रावललाई भने नागरिक उन्मुक्ति … Read more

संघीयतामाथि प्रश्न गरे द्वन्द्व निम्तिन्छ : महासचिव गौतम – HamroAwaj

संघीयतामाथि प्रश्न गरे द्वन्द्व निम्तिन्छ : महासचिव गौतम  – HamroAwaj

१४ माघ, काठमाडौं । संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले संघीयतामाथि प्रश्न गरेमा द्वन्द्व नम्तिने बताएका छन् । शनिबार काठमाडौंमा भएको संसदीय अध्ययन तथा विकास संस्थापनाको अन्तर्क्रिया कार्यक्रममा उनले संघीयतामाथि प्रश्न गरेर द्वन्द्व ननिम्त्याउन सम्बन्धित पक्षहरुलाई आग्रह गरेका हुन् । महाचिव गौतमले हरेक १५ वर्षमा देशको संविधान परिवर्तन गरेर जान नसकिने बताए । संघीयतालाई जति … Read more

साउथ जोन माविले जित्यो प्याब्सन नक आउट क्रिकेटको उपाधि – HamroAwaj

साउथ जोन माविले जित्यो प्याब्सन नक आउट क्रिकेटको उपाधि  – HamroAwaj

१४ माघ, वीरगञ्ज । वीरगञ्जमा सम्पन्न प्याब्सन अन्तर विद्यालय नकआउट टी–२० क्रिकेट प्रतियोगिताको उपाधि साउथ जोन माध्यमिक विद्यालयले जितेको छ । मनकामना माविलाई १८ रनले पराजित गर्दै साउथ जोनले उपाधि जितेको हो । आदर्शनगर रंगशालामा शनिबार भएको खेलमा टस जितेर साउथ जोनले टस जितेर ब्याटिङ रोजेको थियो । उसले पुरै २० ओभर खेलेर ९ विकेटको … Read more