१७ माघ, दोहा । कतारस्थित नेपाली दूतावासमा पुस्तकालयको स्थापना गरिएको छ । सरस्वती पूजाको अवसर पारेर कतारमा रहेका पुस्तक प्रेमी पाठकहरूको समूह प्रवासी नेपाली समुदायले पुस्तकालय स्थापना गरेको अध्यक्ष अम्बिका पौडेलले बताए ।
पुस्तकालयमा रहेका नेपालको इतिहास, राजनीतिक र पर्यापर्यटनसम्बन्धी पुस्तकले कतारमा रहेका नेपालीहरूलाई ज्ञानआर्जनमा सहज बनाउने कतारका लागि नेपाली राजदूत डा. नरेश विक्रम ढकालले बताए । त्यस्तै दूतावास निरीक्षण गर्न आउने अन्य देशका कूटनीतिक व्यक्तित्वहरूलाई नेपालको बारे जान्न र बुझ्न सहयोग गर्ने उनको भनाइ छ ।
८ वर्षदेखि कतारमा वैदेशिक रोजगारीमा रहेका सुरेश भट्ट पुस्तकालय स्थापनाले पढ्न रुची हुनेहरुलाई सजिलो हुने बताए । ‘खाडीमा केवल श्रमिकहरू मात्र जान्छन् भन्नेमा जुन भाष्य निर्माण भएको थियो, त्यो परिवर्तन भएको छ । अब दैनिक कतार उड्ने प्लेनहरूमा श्रम गर्न आउने श्रमजिवीसंगै नेपाली पुस्तक बाजारमा आएका नयाँ-नयाँ पुस्तकहरू पनी आउँछन्’ उनले भने ।
पुस्तकालयमा ४ सय हाराहारी पुस्तक रहेको पुस्तकालय व्यवस्थापन गरिरहेका कल्याण थापा बताउँछन् ।
HamroAwaj
2023-01-31 20:21:42