साफ यू-२० महिला च्याम्पियनसिपको उपाधिका लागि नेपालले बंगलादेशसँग खेल्ने – HamroAwaj


२४ माघ, काठमाडौं । साफ यू-२० महिला च्याम्पियनसिपको उपाधिका लागि नेपालले घरेलु टोली बंगलादेशसँग खेल्ने भएको छ ।

राउण्ड रोविन लिगको अन्तिम खेलमा आज बंगलादेशले भुटानलाई ५-० ले हराएपछि फाईनल समीकरण पूरा भएको हो ।

त्यसअघि आजै नेपालले भारतलाई ३-१ ले पराजित गरेर फाइनलमा स्थान बनाएको थियो । बंगलादेशले भुटानलाई हराएपछि साविक विजेता भारत भने बाहिरिएको छ ।

चार राष्ट्र सहभागी च्याम्पियनसिपमा बंगलादेश र नेपाल शीर्ष दुई स्थानमन रहँदै फाइनल पुगेका हुन् । बंगलादेशले तीन खेलबाट ७ अंक जोड्दा नेपालले ६ अंक जोडेको थियो ।

बंगलादेश अपराजित रहँदा नेपालले दुई जित र एक हारको नतिजा निकालेको थियो । च्याम्पियनसिपको पहिलो खेलमा नेपाल बंगलादेशसँग ३-१ ले पराजित भएको  थियो ।





Source link

HamroAwaj

2023-02-07 20:57:25

Leave a Comment