इन्स्पेक्टर गिरी बने बागलुङका उत्कृष्ट प्रहरी – HamroAwaj


२५ माघ, बागलुङ । जिल्ला प्रहरी कार्यालय, बागलुङमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) भुपेन्द्र गिरीलाई महिनाको उत्कृष्ट प्रहरी घोषित गरेको छ ।

बागलुङ बजार क्षेत्रमा शान्ति, सुरक्षा कायम गर्नका लागि सीसी टीभीमार्फत निगरानी र अपराध अनुसन्धानलाई प्रमाणमुखी बनाउन विभिन्न संघसंस्थासँग समन्वय गरेर महत्वपूर्ण भूमिका खेलेको भन्दै उनलाई उत्कृष्ट प्रहरी घोषित गरिएको जिल्ला प्रहरी कार्यालय, बागलुङले जनाएको छ ।

उनले बागलुङ नगरपालिका, उद्योग वाणिज्य संघ र बैंकर्स एसोसियसन बागलुङसँग समन्वय गरेर करिब २५ लाख रुपैयाँ बराबरको स्रोत व्यवस्थापन गरेर १३४ वटा सीसी टीभी जडानका लागि म्यापिङ कार्य गरेको बागलुङका एसपी दयानिधि ज्ञवालीले उल्लेख गरेका छन् ।

उनले प्रहरी आवास सुधार कार्यक्रम, समुदाय प्रहरी साझेदारी कार्यक्रम, फरार प्रतिवादी पक्राउ अभियान लगायतमा पनि उत्कृष्ट काम गरेको भनिएको छ । त्यसवापत उनलाई प्रोत्साहन स्वरुप अभिलेखमा जाने गरी नगदसहित पुरस्कृत गरिएको जनाइएको छ ।

गिरी सर्लाही जिल्लामा कार्यरत रहँदा पनि महिनाको उत्कृष्ट प्रहरी घोषित भएका थिए ।

 

 





Source link

HamroAwaj

2023-02-08 23:04:05

Leave a Comment