डिज्नीले ७ हजार कर्मचारी कटौती गर्ने – HamroAwaj


काठमाडौं । अमेरिकी मिडिया कम्पनी डिज्नीले ७ हजार कर्मचारी कटौती गर्ने भएको छ ।

डिज्नीका सीईओ बब इगरले डिज्नी प्लसको स्ट्रिमिङ सेवालाई नाफामा लैजान र साढे ५ अर्ब अमेरिकी डलर बराबरको लागत जोगाउनका लागि कर्मचारी कटौती गर्न लागेको बताए ।

गत नोभेम्बरमा डिज्नीमा फर्केका बबले कम्पनीको वित्तीय विवरण सार्वजनिक गर्दै कर्मचारी कटौतीको घोषणा गरेका हुन् । जस अनुसार सन् २०१९ मा सुरु गरिएको डिज्नी प्लसको आम्दानी बढेको छ तर उसका सब्सक्राइबर घटेका छन् ।





Source link

HamroAwaj

2023-02-09 12:05:48

Leave a Comment