अरु पार्टीलाई कुचो बोक्न सिकायौ : मिलन पाण्डे – HamroAwaj


२७ माघ, काठमाडौं । विवेकशील साझा पार्टीका नेता मिलन पाण्डेले काँग्रेस, एमाले, माओवादी, राप्रपा बाहेक पनि वैकल्पिक शक्ति बन्नसक्छ भन्ने भाष्य आफ्नो पार्टीले स्थापित गरेको बताएका छन् ।

शुक्रबार पार्टीको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले परिणामस्वरुप आज मुख्य मानिएका दलहरु बाहेकको
विकल्प हुनसक्छ भन्नेकुरा स्थापित भएको दाबी गरे ।

उनले भने, ‘काँग्रेस, एमाले, माओवादी, राप्रपा बाहेक पनि वैकल्पिक शक्ति बन्नसक्छ भन्ने २०६९ सालताका थियो । त्यो मानसिकतालाई हामीले चिरेका छौँ । यी दलहरु भन्दा पनि बाहिर कुनै विकल्प हुनसक्छ भन्ने भाष्य थियो, त्यसलाई हामीले चिरेका छौँ ।’

उनले आफ्नो पार्टीले लोकतन्त्र विकल्परहीत छैन र होइन भन्ने भाष्य प्रमाणित गरेर देखाएको बताए । उनले आफ्नो पार्टीले आन्दोलन टायर बालेर नेपाल बन्द गरेर मात्रै हुने भाष्यलाई चिर्दै फूल रोपेर, अनसन बसेर र नेपाल खुला राखेर पनि आन्दोलन हुन्छ भन्ने भाष्य निर्माण गरेको बताए ।

उनले भने, ‘आन्दोलन के हो, कसरी गर्ने, टायर बाल्ने, ढुंगा हान्ने मात्रै होइन, आन्दोलन फूल रोपेर पनि हुन सक्छ । अनसन बसेर पनि हुन सक्छ, नेपाल बन्द गरेर मात्रै होइन, नेपाल खोलेर पनि राजनीति गर्न सकिन्छ, आन्दोलन गर्न सकिन्छ भन्ने भाष्य स्थापित गरेका छौँ ।’

नेता पाण्डेले आफ्नो पार्टीले सुरू गरेको सरसफाइ अभियानपछि अन्य पार्टीहरुसमेत कुचो बोकेर हिँड्न बाध्य भएको बताए ।

उनले भने, ‘हामीले कार्यक्रमपछि कुचो बोकेर सफा गर्न हिँडेका थियौँ, अन्य पार्टीहरुलाई पनि त्यो सिकायौँ । यो हाम्रो उपलब्धी हो ।’





Source link

HamroAwaj

2023-02-10 19:11:33

Leave a Comment