केपी ओलीको नाममा फुटबल क्लब, कम्पनी रजिस्टारमा दर्ता – HamroAwaj


फाइल तस्वीर

२९ माघ, काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नाममा फुटबल प्रतियोगिता आयोजना गर्न केपी ओली फुटबल क्लब दर्ता गरिएको छ ।

केपी ओली फुटबल क्लब गैरनाफामूखी संस्थाका रुपमा कम्पनी रजिस्टार कार्यालयमा दर्ता गरेको नेकपा एमालेको भ्रातृ संस्था युवा संघ नेपालका अध्यक्ष किरण पौडेलले जानकारी दिए । उनका अनुसार अगामी दिनदेखि यही क्लबले केपी ओली कप आयोजना गर्नेछ ।

युवा संघ नेपालले केपी ओली कपको पहिलो संस्करण फागुन ११ देखि १७ गतेसम्म काठमाडौंमा गर्ने घोषणा यसअघि नै गरेको छ ।

फागुन ११ गतेदेखि हुने प्रतियोगितामा केपी ओली फुटबल क्लब सहभागी हुने पौडेलले बताए । उनले यही प्रतियोगिताका लागि मात्र भनेर खेलाडी र प्रशिक्षकसँग सम्झौता गरिएको जानकारी दिए ।





Source link

HamroAwaj

2023-02-12 14:20:49

Leave a Comment