जनउत्थान सामुदायिक लघुवित्तले १५ प्रतिशत बोनस सेयर दिने – HamroAwaj


२ फागुन, काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले १५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । २९ माघमा बसेको लघुवित्त सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

लघुवित्तले सेयरधनीलाई हाल कायम चुक्ता पूँजी १४ करोड ७९ लाख ६ हजार रुपैयाँको १५ प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनार्थ ०.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।





Source link

HamroAwaj

2023-02-14 13:42:57

Leave a Comment