थारु फिल्मका निर्देशक तथा अभिनेता परशुराम चौधरी रहेनन् – HamroAwaj


काठमाडौं । थारु फिल्मका निर्देशक तथा अभिनेता परशुराम चौधरीको निधन भएको छ । उपचारको क्रममा ४५ वर्षिय थारुको निधन पोर्चुगलको एक अस्पतालमा भएको हो ।

अस्पतालले उनको मृत्यु हृदयघातबाट भएको जनाएको छ । उनलाई दुई महिनाअघि अस्पताल भर्ना गरिएको थियो ।

कमैया नामक डकुमेन्ट्रीमा उनले प्रमुख पात्रको भूमिका निर्वाह गरेका थिए । चौधरीकै अभिनय तथा लगानीमा निर्माण भएको थारु फिल्म बौछार, जीवन एक लदिया हो लगायत हिट भएका थिए ।

कराँतेका अन्तर्राष्ट्रिय खेलाडी समेत रहेका चौधरी थारु फिल्मको निर्माण तथा अभिनयबाट चर्चामा आएका थिए ।

उनी धनगढी उपमहानगरपालिका-१ शिवनगरका बासिन्दा हुन् । सन् २०११ देखि पोर्चुगलमा बस्दै आएका थिए । चौधरीकी आमा, पत्नी र तीन छोरी छन् ।

 





Source link

HamroAwaj

2023-03-04 20:46:25

Leave a Comment