२० फागुन, धनगढी । सिटिनेट नेपाल राष्ट्रिय च्याप्टरको भेलाले हेटौंडामा विपद जोखिम न्यूनिकरण अध्ययन केन्द्र स्थापना निर्णय गरेको छ ।
शुक्रबार र शनिबार धनगढीमा भएको भेलाले विपद जोखिम न्यूनिकरण अध्ययन केन्द्र हेटौंडा उपमहानगरपालिकामा स्थापना गर्ने निर्णय गरिएको हो । भेलाले सिटिनेटको कोष स्थापना लगायतका विषयमा समेत निर्णय गरेको नेपाल च्याप्टरकी अध्यक्ष एवं हेटौंडा उपमहानगरलिकाकी मेयर मिनाकुमारी लामाले जानकारी दिइन् ।
सिटिनेट सन् १९८७ मा स्थापित दिगो विकासको लागि प्रतिवद्ध एसिया तथा प्रशान्त क्षेत्रमा रहेका शहरी सरोकारवालाहरुको सबै भन्दा ठूलो संगठन हो । २००२ मा स्थापना भएको नेपाल राष्ट्रिय च्याप्टरमा ६ महानगर, ५ वटा उपमहानगर तथा ४ वटा नगरपालिका पूर्ण सदस्य छन् भने अन्य ६ संस्था संस्थागत सदस्य छन् ।
HamroAwaj
2023-03-04 20:56:59