आर्मी र संकटाले अंक बाँडे, लिगको पहिलो गोलरहित बराबरी – HamroAwaj


२१ फागुन, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा त्रिभुवन आर्मी एफसी र संकटा क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् ।

लिग अन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा आर्मी र संकटाले गोलरहित बराबरी खेलेका हुन् ।

जारी लिगमा गोलरहित बराबरीमा सकिएको यो पहिलो खेल हो । दुवै टोलीले खेलमा गोल गर्ने अवसर पाएपनि सदुपयोग गर्न सकेनन् ।

बराबरीपछि दुवैले समान १ अंक जोड्दै लिग सुरु गरेका छन् ।





Source link

HamroAwaj

2023-03-05 17:04:23

Leave a Comment