मुख्यमन्त्री शाहलाई विश्वासको मत दिने नागरिक उन्मुक्तिको निर्णय – HamroAwaj


कमलबहादुर शाह । फाइल तस्वीर

२१ फागुन, धनगढी । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिने भएको छ ।

नेपाली कांग्रेस संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री शाहले प्रदेशसभाको केहीबेरमा बस्ने बैठकमा विश्वासको मत माग्दैछन् ।

त्यसअघि बसेको नागरिक उन्मुक्तिको बैठकले विश्वासको मत दिने निर्णय गरेको संसदीय दलका नेता रामेश्वर चौधरीले जानकारी दिए ।

शाहलाई माओवादी केन्द्रले पनि विश्वासको मत दिने निर्णय गरिसकेको छ ।





Source link

HamroAwaj

2023-03-05 13:50:44

Leave a Comment