नारी दिवसका दिन महिलाहरूले निशुल्क ए डिभिजन लिग हेर्न पाउने – HamroAwaj


२३ फागुन, काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा भोलि बुधबार हुने ए डिभिजनका खेलहरु महिलाहरुले साधारण प्याराफिटतर्फ निशुल्क रुपमा हेर्न पाउने भएका छन् ।

लिगको मार्केटिङ तथा टिकेटिङको अधिकार पाएको एमडीएसीले विज्ञप्ति निकालेर महिलाहरूले निशुल्क खेल हेर्न पाउने जानकारी दिएको हो ।

भोलि च्यासलमा १ र दशरथ रंगशालामा २ गरि ३ खेल हुनेछन् । २:३० बजे च्यासलमा एपीएफ क्लब र सातदोबाटो युथ क्लबबीचको खेल हुनेछ ।

दशरथ रंगशालामा २:३० मा नेपाल पुलिस क्लब विरुद्ध हिमालयन शेर्पा र बेलुकी ५:३० बजे मनाङ मस्याङ्दी क्लब र संकटा क्लबबीच खेल हुनेछ ।





Source link

HamroAwaj

2023-03-07 20:02:42

Leave a Comment