नवनिर्वाचित राष्ट्रपति पौडेलको प्रतिवद्धता : विधिको पालनामा प्रतिवद्ध रहन्छु – HamroAwaj

नवनिर्वाचित राष्ट्रपति पौडेलको प्रतिवद्धता : विधिको पालनामा प्रतिवद्ध रहन्छु  – HamroAwaj

२५ फागुन, काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले निश्पक्षता, तटस्थता र विधिको पालनामा प्रतिवद्ध रहने बताएका छन् । बिहीबार भएको निर्वाचनमा पौडेल राष्ट्रपति निर्वाचित भएका थिए । साँझ वक्तव्य जारी गर्दै पौडेलले आफूलाई समर्थन गर्ने दल तथा मत दिने सांसदहरुलाई धन्यवाद दिएका छन् । आफ्ना प्रतिस्पर्धी सुवास नेम्वाङ र उनलाई मत दिनेहरुप्रति सम्मान व्यक्त गर्ने … Read more

दूध लिटरमा १४, पनिर किलोमा १४० र घिउको मूल्य २०० रुपैयाँले बढ्यो – HamroAwaj

दूध लिटरमा १४, पनिर किलोमा १४० र घिउको मूल्य २०० रुपैयाँले बढ्यो  – HamroAwaj

२५ फागुन, काठमाडौं । निजी डेरीहरुले दुग्ध पदार्थको उपभोक्ता मूल्यमा मनोमानी मूल्य निर्धारण गरेका छन् । बिहीबार देशभरका निजी डेरीहरुको संस्थाले दूधको मूल्य लिटरमै १४ रुपैयाँले बढाएका छन् । उनीहरुले पनिरको मूल्य किलोमा १४० रुपैयाँले वृद्धि गरेका छन् भने घिउको मूल्य पनि लिटरमा २०० रुपैयाँले बढेको छ । यस्तै दहीको मूल्य लिटरमा २५ रुपैयाँले बढेको छ … Read more

नारी दिवसको अवसरमा आईएमई अटोमोटिभको ‘महिला सशक्तिकरण अभियान’ – HamroAwaj

नारी दिवसको अवसरमा आईएमई अटोमोटिभको ‘महिला सशक्तिकरण अभियान’  – HamroAwaj

काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा एस्कर्ट्स नेपालको आधिकारिक वितरक आईएमई अटोमोटिभले महिला सशक्तिकरणका लागि नयाँ अभियान सुरु गरेको छ । यस अभियान अन्तर्गत सैद्धान्तिक एवम् व्यवहारिक ज्ञान सहितको निःशुल्क तालिम प्रदान गरिनेछ । तालिम मार्फत महिलाहरूलाई ब्याकहोलोडर चलाउने सीप हासिल गर्न, सवारी साधनको इजाजतपत्र प्राप्त गर्न मद्दत गर्न साथै सम्बन्धित क्षेत्रमा सुरक्षित रोजगारीका अवसरहरू … Read more

मिटरब्याज तथा ठगीविरुद्ध जनकपुरमा प्रदर्शन – HamroAwaj

मिटरब्याज तथा ठगीविरुद्ध जनकपुरमा प्रदर्शन  – HamroAwaj

२५ फागुन, काठमाडौं । मिटरब्याज तथा ठगीविरुद्ध किसान-मजदुर संघर्ष समिति र बृहत् नागरिक आन्दोलनले बिहीबार जनकपुरमा प्रदर्शन गरेको छ । जनकपुरस्थित मुख्यमन्त्री कार्यालय अगाडि भएको प्रदर्शनमा संघर्ष समितिका केन्द्रीय अध्यक्ष अवधेश कुशवाहले साहु-महाजनले फर्जी कागजातको भरमा अदालतमार्फत किसानलाई भूमिहीन बनाइरहेको आरोप लगाए । ‘अहिले मिटरब्याजका सबै फर्जी तमसुकमार्फत किसानको भूमि हडप्ने र उनीहरुलाई आफ्नै भूमिबाट … Read more

इसेवाले प्रत्येक महिनाको २५ गते ‘इन्स्योरेन्स डे’ मनाउने – HamroAwaj

इसेवाले प्रत्येक महिनाको २५ गते ‘इन्स्योरेन्स डे’ मनाउने  – HamroAwaj

काठमाडौं । इसेवाले हरेक महिनाको २५ गतेलाई ‘इन्स्योरेन्स डे’को रूपमा मनाउने भएको छ । यस अफर अन्तरगत हरेक महिनाको २५ गते १२ बजेदेखि २ बजेसम्म इन्स्योरेन्स्को प्रिमियम बुझाउँदा २०० रुपैयाँसम्म क्यासब्याक पाइनेछ । इन्स्योरेन्स्को प्रिमियम अनलाइन मार्फत भुक्तान गर्नका लागि प्रात्साहन गर्नका लागिल इसेवाले यो सुविधा ल्याएको जनाएको । इसेवाले हाल एण्ड्रोइड मोबाईलमा ५५ लाख … Read more

उपराष्ट्रपतिको निर्वाचनलगत्तै सरकार विस्तार हुन्छ : प्रचण्ड – HamroAwaj

उपराष्ट्रपतिको निर्वाचनलगत्तै सरकार विस्तार हुन्छ : प्रचण्ड  – HamroAwaj

२५ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपराष्ट्रपतिको निर्वाचनलगत्तै सरकार बिस्तार हुने बताएका छन् । बिहीबार राष्ट्रपति निर्वाचनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले उपराष्ट्रपति निर्वाचनपछि मात्र सबै निर्वाचन प्रक्रिया पूरा हुने बताए । त्यसपछि सरकारलाई पूर्णता दिने उनको भनाइ छ । ‘स्थानीय तहको निर्वाचनदेखि प्रदेश र संघको निर्वाचन अब राष्ट्रपतिको निर्वाचन सम्पन्न भइसकेपछि उपराष्ट्रपतिको निर्वाचन … Read more

बच्चा जन्माउन नसकेपछि गण्डकीकलीको शल्यक्रिया – HamroAwaj

बच्चा जन्माउन नसकेपछि गण्डकीकलीको शल्यक्रिया  – HamroAwaj

२५ फागुन, वीरगञ्ज । २५ वर्षीया गण्डकीकलीलाई मंगलबार बिहानैबाटै सुत्केरी व्यथा लाग्न शुरु भएको थियो । चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन् केन्द्र खोरसोरमा उनी दोस्रो पटक गर्भवती भएकी थिइन् । प्राकृतिक रुपमा बच्चा जन्माउन समय लाग्ने हुँदा उनलाई पशु चिकित्सकको निगरानीमा राखिएको थियो । भिडियो एक्स रे गरेर हेर्दा पाठेघर नखुलेको देखेपछि चिकित्सक टोली घर … Read more

गोकर्णेश्वर नगरपालिका खुल्ला तेक्वान्दो फागुन २७ र २८ गते हुने – HamroAwaj

गोकर्णेश्वर नगरपालिका खुल्ला तेक्वान्दो फागुन २७ र २८ गते हुने  – HamroAwaj

२५ फागुन, काठमाडौं । गोकर्णेश्वर नगर तेक्वान्दो विकास समितिको संयोजन, गोकर्णेश्वर खेलकुद विकास समितिको आयोजना तथा इष्टपोल उच्च माविको व्यवस्थापनमा प्रथम गोकर्णेश्वर नगरपालिका खुल्ला आमन्त्रित तेक्वान्दो प्रतियोगिता (मेयर कप २०७९) यही फागुन २७ र २८ गते हुने भएको छ । तेक्वान्दो खेलाडीहरुको वृत्ति विकास तथा मनोभावना उच्च बनाउने र भविष्यमा गोकर्णेश्वर नगरपालिकामा तेक्वान्दो खेलको राष्ट्रिय … Read more

‘भ्वाइस किड्स सिजन-२’ को प्रिमियर, शुक्रबारदेखि शो प्रसारण सुरु हुँदै – HamroAwaj

‘भ्वाइस किड्स सिजन-२’ को प्रिमियर, शुक्रबारदेखि शो प्रसारण सुरु हुँदै  – HamroAwaj

प्रिमियरमा निर्देशक लक्ष्मण पौडेल (बायाँ), कोच प्रमोद खरेल र प्रस्तोता सुशिल नेपाल । तस्वीर सौजन्य : गोपीकृष्ण चापागाई काठमाडौं । टेलिभिजन रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल सिजन-२’ को प्रसारण शुक्रबारदेखि सुरु हुँदैछ । पूर्वसन्ध्यामा बानेश्वरस्थित वान सिनेमाज् हलमा पहिलो एपिसोडलाई प्रिमियर गरियो । निर्देशक लक्ष्मण पौडेल, कोच प्रमोद खरेल र प्रस्तोता सुशिल नेपाल प्रिमियरमा … Read more

मानव अधिकार उल्लंघनको विवाद यथावत राखेर संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदमा – HamroAwaj

मानव अधिकार उल्लंघनको विवाद यथावत राखेर संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदमा  – HamroAwaj

२५ फागुन, काठमाडौं । संक्रमणकालीन न्याय अवरुद्ध भएकै कारण नियमित फौजदारी न्याय प्रक्रिया रोक्न नहुने भनी सर्वोच्च अदालतले आदेश दिएलगत्तै सरकारले बेपत्ता पारिएका व्यक्तिको छानविन र सत्य निरुपण तथा मेलमिलाप आयोग विधेयक संघीय संसद सचिवालयमा पेश गरेको छ । सरकारले बिहीबार मन्त्रिपरिषदबाट निर्णय गरी केही घण्टामै संघीय संसद सचिवालयमा विधेयक पेश गरेको हो । गत … Read more