२६ फागुन, नवलपरासी । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीबिरुद्ध सर्बोच्च अदालतमा दायर भएको मुद्दालाई आफूहरूले सामान्य रूपमा पनि नलिएको बताएका छन् ।
बुटवल-नारायणगढ सडक विस्तारको अनुगमन गर्न शुक्रबार नवलपरासी आएका माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष समते रहेका श्रेष्ठले पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै प्रधानमन्त्री प्रचण्डबिरुद्ध दायर भएको मुद्दाको व्यहोरा स्वाभाविक नभएको बताए ।
उनले अघि भने, ‘तर सत्यनिरूपण तथा मेलमिलाप, वेपत्ता छानबिन जस्ता आयोगहरूले समयमै पूर्णता पाएर संक्रमणकालीन न्यायको काम छिटै सम्पन्न होस् भन्ने अदालतको सदासयता हो भने हामीले संसदमा विधेयक टेबुल गरिसकेका छौं।’
उनले उपराष्ट्रपतिको चुनाव सकिए लगत्तै सरकारको विस्तार हुने बताए । तर पार्टीबाट पठाइएका मन्त्रीहरूलाई अहिले नै फिर्ता बोलाउनेबारे आफूहरूले केही नसोचेको उनले बताए ।
बुटवल-नारायणगढ सडक विस्तारले अपेक्षित गति लिन नसक्दा जनताले सास्ती खेप्नुपरेको पत्रकारको जिज्ञासालाई मन्त्री श्रेष्ठले समयमै र गुणस्तरीय रूपमा काम सक्न चिनिया निर्माण कम्पनीलाई पटक-पटक ताकेता गरिएको बताए । मन्त्रालय तहबाटै अन्य सरोकार निकायसँग उचित समन्वय गरिएको उनले सुनाए ।
HamroAwaj
2023-03-10 20:09:36