काठमाडौंका मेयर बालेन आज लन्डन जाँदै – HamroAwaj


२९ फागुन,काठमाडौ ।काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन) आज लण्डन जाँदै छन्  ।

फागुन ३० देखि ३ दिन लण्डनमा हुने जाने ‘पार्टनरसिप फर हेल्दी सिटी समिट’मा सहभागी हुन मेयर सहित ४ सदस्यीय टोली आज साँझ लण्डन जान लागेको हो ।

टोलीमा २४ नम्बर वडाध्यक्ष विनोद भण्डारी, बालेनको प्रमुख स्वकीय सचिव भुपदेव शाह, महानगरका जनस्वास्थ्य सल्लाहकार डा.जगदीशप्रसाद जैसवाल रहेको बालेनको सचिवालयले जानकारी दिएको छ ।

बालेनले काठमाडौं महानगरको निमित्त प्रमुखको जिम्मेवारी उपप्रमुख सुनिता डङ्गोललाई दिएका छ्न्।





Source link

HamroAwaj

2023-03-13 09:31:09

Leave a Comment