सामान्य प्रशासन मन्त्रालयले माग्यो कर्मचारीको विवरण – HamroAwaj


३० फागुन, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले केन्द्रीय तहका सबै कार्यालयका कर्मचारीहरुको विवरण माग गरेको छ ।

मन्त्रालयले मंगलबार सबै मन्त्रालय, संवैधानिक आयोग र संवैधानिक निकायहरु सबैलाई परिपत्र गर्दै तीन दिनभित्र कर्मचारीको विवरण मन्त्रालयको कर्मचारी प्रशासन महाशाखामा पठाउन भनेको हो ।

मन्त्रालयका उपसचिव कमान सिं थापा मगरका अनुसार मन्त्रालयले पद, श्रेणी, सेवा समूह, स्वीकृत दरबन्दी, पदपूर्ति, रिक्त, फाजिल, सरुवा लगायतको विवरण माग गरेको हो ।





Source link

HamroAwaj

2023-03-14 19:37:47

Leave a Comment