काठमाडौंमा ४ चैतमा महिला उद्यमी सम्मलेन हुने – HamroAwaj


१ चैत, काठमाडौं । नेपाल युवा उद्यमी मञ्चको आयोजनामा नवौं महिला उद्यमी सम्मेलन २०२३ हुने भएको छ । मञ्चले आगामी शनिबार ४ चैतमा काठमाडौंको र्‍याडिसन होटलमा सम्मेलन आयोजना गर्न लागेको हो ।

यस वर्षको शिखर सम्मेलनको नारा ‘एक्सेलेरेटिङ सक्सेस’ रहेको छ । सम्मेलनमा प्रेरणादायी महिला उद्यमीहरु बीचको स्पिड नेटवर्किङ सत्रहरु, उनीहरुको यात्रा साझेदारी, कार्यशाला र प्यानल छलफल हुने मञ्चले जनाएको छ ।

स्टार्टअप सोकेस, आइसब्रेकर, नेटवर्किङ, वुमन इन बिजनेस एन्ड मेड इन नेपाल लगायतका विषयमा पनि छलफल हुने मञ्चले जनाएको छ ।

सम्मेलनमा महिला उद्यमी, विज्ञ, व्यवसायी, विद्यार्थी लगायत ३०० जनाको सहभागिता रहने आयोजकले जानकारी दिएको छ ।





Source link

HamroAwaj

2023-03-15 12:53:19

Leave a Comment