वीरगञ्ज युनाइटेडले जित्यो दोस्रो परवानीपुर गोल्डकपको उपाधि – HamroAwaj


४ चैत, वीरगञ्ज । दोस्रो परवानीपुर गोल्डकप २०७९ को उपाधि वीरगञ्ज युनाइटेड क्लब वीरगञ्जले जितेको छ । परवानीपुर खेल मैदानमा शनिबार जनकपुर स्पोर्ट क्लब जनकपुरलाई ५–० ले हराउँदै वीरगञ्ज युनाइटेड क्लबले उपाधि उचालेको हो ।

उपाधिसँगै वीरगञ्जले १ लाख ५० हजार रुपैयाँ र उपविजेता जनकपुरले ७५ हजार रुपैयाँ पाएके छ । विजेता टिमलाई मधेश प्रदेश सभा सदस्य जितेन्द्र सोनलले पुरस्कार वितरण गरे ।

शनिबारको म्यान अफ दि म्याच वीरगञ्ज युनाइटेडका चतुरधन चौधरी भए । म्यान आफ दि सिरिजको उपाधि अभिषेक चौधरीले पाए ।

प्रतियोगितामा वीरगञ्ज युनाइटेडका विकास चौधरीले बेस्ट डिफेन्डर, दिलमणि चौधरी बेस्ट गोलकिपर, जनकपुर स्पोर्ट क्लब राकेश यादवले बेस्ट फरवार्ड, सञ्जय मगर बेस्ट मिड फिल्डर, वीरगञ्जका मुना चौधरी बेस्ट कोचको पुरस्कार पाए । प्रतियोगितामा मधेश प्रदेशका ६ वटा र बागमती प्रदेशका दुई वटा गरी ८ टिम सहभागी भएका थिए ।





Source link

HamroAwaj

2023-03-18 20:59:05

Leave a Comment