रुद्रवती क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका अनिस पाठक निर्वाचित – HamroAwaj


५ चैत, गुल्मी । गुल्मी जिल्लाको वामीमा रहेको रुद्रवती बहुमुखी क्याम्पसको अध्यक्षमा अनेरास्ववियुका अनिस पाठक निर्वाचित भएका छन् ।

पाठकले ८४ मत ल्याएर निर्वाचित भएको रुद्रावती बहुमुखी क्याम्पसका निर्वाचन अधिकृत हेमन्त घिमिरेले बताए ।

उनका प्रतिस्पर्धी लोकतान्त्रिक प्रगतिशील प्यानका भुवन काफ्लेले ७१ मत ल्याएर पराजित भएका छन् । सचिवमा लोकतान्त्रिक प्रगतिशील प्यानका कर्ण बहादुर सार्कीले ८६ मत ल्याएर निर्वाचित भएका छन् ।

त्यस्तै कोषाध्यक्षमा अनेरास्ववियुका अनुराधा सापकोटाले ७६ मत ल्याएर निर्वाचित भएका हुन् । कोषाध्यक्षमा बराबर मत भएपछि गोलाप्रथा गरिएको थियो ।

खुल्ला ३ सदस्यमध्ये २ वटा अनेरास्ववियुका र १ वटा लोकतान्त्रिक प्रगतिशील प्यानबाट निर्वाचित भएको क्याम्पसले जनाएको छ । यहाँ अनेरास्ववियु र अनेरास्ववियु (क्रन्तिकारी) बिच तालमेल थियो भने नेविसंघ र लोकतान्त्रिक प्रगतिशील विद्यार्थीबीच तालमेल भएको थियो ।

क्याम्पसमा १८१ जना विद्यार्थी रहेकोमा १५६ जनाले मतदानमा भाग लिएका थिए । आइतबार ३ वटा क्याम्पसहरुमा स्ववियु निर्वाचन भएको थियो ।

जिल्लाको रेसुङ्गा बहुमुखी क्याम्पस, श्रीङ्गेश्वर बहुमुखी क्याम्पस र रुद्रवती बहुमुखी क्याम्पसमा मतदान भएको हो ।

निर्वाचन भएका क्याम्पसहरु मध्ये रेसुङ्गा बहुमुखी क्याम्पस र श्रीङ्गेश्वर बहुमुखी क्याम्पसमा रातिबाट मतगणना गर्ने तयारी भइरहेको छ ।

जिल्लाका ११ क्याम्पसमध्ये ८ वटा क्याम्पसमा सबै पद निर्विरोध भएका थिए ।





Source link

HamroAwaj

2023-03-19 20:09:31

Leave a Comment