फ्रेन्ड्सलाई हराउँदै थ्री स्टार खप्तड गोल्डकपको सेमिफाइनलमा – HamroAwaj


१२ चैत, धनगढी । थ्री स्टार क्लब छैठौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

धनगढी रंगशालामा आइतबार भएको खेलमा फ्रेन्ड्स क्लबलाई १–० गोल अन्तरले हराउँदै थ्री स्टारले अन्तिम चारमा स्थान बनाएको हो ।

पहिलो हाफ गोलरहित बराबरी खेलेको थ्री स्टारका लागि ५९ औं मिनेटमा दिपेश गुरुङले गोल गर्दै जित दिलाएका हुन् ।

खेलको म्यान अफ दी म्याच दिपेश गुरुङ घोषित भएका छन् ।

जितसँगै थ्री स्टारले सोझै सेमिफाइनलमा स्थान बनाएको छ । थ्री स्टारले अब सेमिफाइनलमा सुदूरपश्चिम–११ र नेपाल पुलिस क्लबबीचको विजेतासँग खेल्नेछ ।

मोफसलको सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।





Source link

HamroAwaj

2023-03-26 20:09:46

Leave a Comment