उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्विरोध, उमेशले गरे समर्थन – HamroAwaj


उद्योग वाणिज्य महांघको अध्यक्ष बनेका चन्द्र ढकाल (दायाँ) र वरिष्ठ उपाध्यक्षमा निर्विरोध निर्वाचित अञ्जन श्रेष्ठ ।

३० चैत, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । पहिलो चरणमा भएको निर्वाचनमा ३ जना मध्येका कुनै पनि प्रत्यासीले ५० प्रतिशत मत नकटाएपछि दोस्रो चरणको निर्वाचनमा अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच चुनावी भिडन्त पक्का भएको थियो ।

तर, उनीहरुले सहमतिको लागि समय मागेपछि २ बजेका लागि निर्धारित चुनाव पछि सारिएको थियो । अञ्जनलाई वरिष्ठ उपाध्यक्षमा उमेशले समर्थन गर्ने सहमति जनाएपछि अञ्जन निर्विरोध निर्वाचित भएका हुन् । निर्वाचन समितिले अञ्जनलाई औपचारिक रुपमा निर्विरोध निर्वाचित भएको घोषण गर्न भने बाँकी छ ।

पहिलो चरणको निर्वाचनमा अञ्जनले ३७.९९ प्रतिशत मत ल्याएका थिए भने उनका निकटतम प्रतिस्पर्धी उमेशले ३१.७१ प्रतिशत मत पाएका थिए । ३०.४६ प्रतिशत मत पाएका रामचन्द्र संघाइ भने दोस्रो चरणको प्रतिस्पर्धाबाट बाहिरिएका थिए ।

महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्षमा चुनिएको उम्मेदवार तीन वर्षे कार्यकालपछि स्वतः अध्यक्ष हुने व्यवस्था छ ।

यो कार्यकालमा यसअघि महासंघको वरिष्ठ उपाध्यक्ष रहेका चन्द्रप्रसाद ढकाल स्वतः अध्यक्ष बनेका छन् ।

एसोसिएटतर्फ उपाध्यक्षमा रामचन्द्र संघाइ प्यानलकी ज्योत्सना श्रेष्ठ, जिल्ला नगर उपाध्यक्षमा रामचन्द्र संघाइ पक्षकै सुरकृष्ण वैद्य र वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ प्यानलका हेमराज ढकाल विजयी भएका छन् ।

यी हुन् एशोसिएट, जिल्ला नगर र वस्तुगततर्फ विजयी सदस्यहरु–

एशोसिएट जिल्ला नगर वस्तुगत
नाम मत नाम मत नाम मत
डा. रामशरण थपलिया १४४० नरेशलाल श्रेष्ठ ९१ मोहनप्रसाद श्रेष्ठ ९१
मनोज पौडेल १३७३ लिलेन्द्रप्रसाद प्रधान ८९ प्रयास कार्की ८८
आनन्द कुमार बगेरिया १३६४ हरिबहादुर कार्की ८२ अमरेशन चन्द बैदार ८१
अम्बिका प्रसाद पौडेल १३६३ शिव प्रसाद घिमिरे ८१ ताराबहादुर कार्की ८१
सुनिल नारायण श्रेष्ठ १३४२ अरनिको राजभण्डारी ७६ नवीन रिजाल ७९
सुशील थापा १३२९ डा. सुबोध कुमार गुप्ता ७५ कल्पना गैरे ७७
शैलेन्द्र गुरागाईं १३१५ रविन पुरी ७४ उमेश डालमिया ७३
राजेश कुमार अग्रवाल १३१२ नानीराज घिमिरे ७२ उज्जलप्रसाद कसजु ७२
हेमन्त गोल्छा १३०० भक्तबहादुर हमाल ७२ बेदबहादुर श्रेष्ठ ७२
देशबन्धु बस्नेत १२८४ शोभा ज्ञवाली ७२ अब्दुल बाहित मन्सुरी ७०
अविनाश बोहोरा १२७५ मनोज अधिकारी ६७ मन्जुकुमार श्रेष्ठ (कोजु) ७०
गोपाल खनाल १२६५ कमला श्रेष्ठ ६६ किशोरकुमार आचार्य ६९
उज्वल कुमार श्रेष्ठ ११९१ पशुपतिदेव पाण्डे ६५ केशवप्रसाद भण्डारी ६७
प्रवलजङ्ग पाण्डे ११२८ राजकुमार कार्की ६२ कृष्ण कटुवाल ६७
जुना माथेमा ९९१ पुष्पराज कुँवर ६६
शक्ति कुमार बेगानी ९८८ अनिलकृष्ण श्रेष्ठ ६४
सन्दिप कुमार अग्रवाल ९२५ गोकुल श्रेष्ठ ६४
ऋषी अग्रवाल ८८१ निरक केसी ६३
मुकुन्द प्रसाद तिमल्सिना ८४२

 





Source link

HamroAwaj

2023-04-13 20:40:42

Leave a Comment