टिभीको रिमोट जत्रै कुकुर, गिनिज बुकमा लेखायो नाम – HamroAwaj


काठमाडौं । साढे दुई वर्ष उमेरको एउटा पोथी कुकुर संसारको सबैभन्दा सानो जीवित कुकुरको रुपमा गिनिज बुकमा दर्ज भएको छ ।

गिनिज बुक अफ वर्ल्ड रेकर्डस्का अनुसार पर्ल नामको सो चिहुआहुआ कुकुर ९.१४ सेन्टिमिटर अग्लो छ भने १२.७ सेन्टिमिटर लामो छ । पर्लको जन्म सन् २०२० को सेप्टेम्बर १ मा भएको हो ।

यो कुकुर एउटा टेलिभिजनको रिमोट भन्दा पनि सानो आकारको छ र एउटा डलर नोट जत्तिकै मात्र लामो छ ।

गिनिज वर्ल्ड रेकर्डसले आफ्नो आधिकारिक ट्वीटर अकाउन्टमा गत अप्रिल १० मा पर्लको तस्वीर पोस्ट गर्दै लेखेको छ– संसारकै सबैभन्दा छोटो कुकुर पर्ललाई हेल्लो भन्नुस् ।

गिनिज बुक अफ वर्ल्ड रेकर्डसका अनुसार पर्ल मिराकल मिलीकी जुम्ल्याहा बहिनीको छोरी हो । स्मरण रहोस् यसअघि मिराकल मिली नै संसारको सबैभन्दा सानो कुकुरको रुपमा गिनिज बुकमा दर्ज थियो । सन् २०२० मा मरेको मिराकलको आकार ९.६५ सेमी थियो ।

भ्यानेसा सेम्लरले घरमा पालेको कीर्तिमानी कुकुर पर्ल हालै इटालियन टेलिभिजन कार्यक्रम लो शो दी रेकर्डमा पनि देखापरेको थियो । कार्यक्रममा ठूलो संख्याका प्रत्यक्ष दर्शकका अगाडि समेत ऊ निकै धैर्य तथा शान्त देखिन्थ्यो ।

यसले चिकेन तथा साल्मन माछा जस्ता उच्च गुणस्तरीय खानेकुरा मात्रै मन पराउँछ भने राम्रो पहिरन लगाउनमा पनि उसको रुचि रहेको यसका यसकी मालिक सेल्मर बताउँछिन् ।





Source link

HamroAwaj

2023-04-13 13:43:24

Leave a Comment