शिक्षक संघको अध्यक्षमा सोमनाथ गिरी निर्वाचित – HamroAwaj


१ वैशाख, काठमाडौं। नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल शिक्षक संघको  अध्यक्षमा सोमनाथ गिरी निर्वाचित भएका छन् ।

संघको नवौं अधिबेसनबाट गिरीले अर्का प्रतिस्पर्धी गोकर्ण बहादुर बानियाँलाई पराजित गरेका हुन् ।

पार्टीको संस्थापनइतर निकट गिरीले संस्थापन पक्षका बानियाँलाई हराएका हुन् । जम्मा खसेको ६०७ मतमा गिरीले ३०५ मत प्राप्त गरी निर्वाचित भएका छन् ।

अध्यक्षका अर्का उम्मेदवार बानियाँको पक्षमा २९८ मत खसेको छ । नवनिर्वाचित कार्यसमितिको अधिकांश पदमा शेखर–गगन पक्षका उम्मेदवारले जित निकालेका छन् ।

पदाधिकारीमा महिला उपाध्यक्ष र महासचिव बाहेकका पद संस्थापनइतर पक्षका उम्मेदवार निर्वाचित भएका छन् । संस्थापन पक्षबाट महिला उपाध्यक्षमा धनकला भण्डारी र महासचिवमा ज्ञानेन्द्र बहादुर रावल निर्वाचित भएका छन्।

बुधबार र बिहिबार भएको अधिवेशनको मत परिणाम शुक्रबार विहान सार्वजनिक भएको छ ।





Source link

HamroAwaj

2023-04-14 13:01:11

Leave a Comment