५ वैशाख, गुल्मी । गुल्मीमा जंगलमा लागेको आगो बस्तीमा पुग्दा ४ गोठ जलेर नष्ट भएका छन् । भने एक जना घाइते भएका छन् ।
जिल्लाको छत्रकोट वडानम्बर २ ग्वाघा रानिवनबाट लागेको लागो निभाउने क्रममा ७१ वर्षका सूर्य बहादुर रजाली घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रविन्द्रकुमार श्रष्ठले बताए ।
आगलागीमा परेर हात खुट्टामा जलेर घाइते रजालीको श्रृङ्गा प्रथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । आगलागीबाट जिल्ला गुल्मी छत्रकोट गाउँपालिका वडानम्बरं २ डाङ्ग्रेँ वस्ने वर्ष ४७ की खिमा रजालिको २ तले टिनको छाना ढुङ्गा माटोले बनेको कच्चि गोठ जलि पुर्ण रुपमा क्षेती प्रहरीले जनाएको छ ।
त्यस्तै सोही निवासी ४७ वर्षका दुर्गा बहादुर रजालिको मानिस बस्ने ढुङ्गा माटोले बनेको टिनको छाना भएको २ तले कच्चि गोठ जलि पूर्ण रुपमा क्षति भएको छ ।
गोठमा बाधेको बाख्राको बोकाको जलेर मृत्यु भएको छ । सोही निवासी ४० वर्षका रुपा बलालको ढुङ्गा माटोले बनेको टिनको छाना भएको २ तले कच्चि गोठ जलि पुर्ण रुपमा क्षेती भएको प्रहरी निरीक्षक श्रेष्ठले बताए ।
त्यस्तै ४० वर्षका कुलबहादुर रजालीको ढुङ्गा माटोले बनेको टिनको छाना भएको २ तले कच्चि गोठ जलेर क्षेती भएको भएको प्रहरीले जनाएको छ । जंगलमा लागेको आगो नियन्त्रणका लागि नेपाल प्रहरी, शसस्त्र प्रहरी स्थानीय जनप्रनिधि लगायतले नियन्त्रणमा लिने काम भइरहेको प्रहरीले जनाएकोछ ।
HamroAwaj
2023-04-18 19:22:07