महागढीमाईको मत गन्न थालेपछि सबैलाई पछि पार्छु : शिवचन्द्र कुशवाह – HamroAwaj


११ वैशाख, काठमाडौं । बारा २ मा जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहले जनता समाजवादी पार्टी जसपाको एरियामा पनि आफूले राम्रो मत ल्याएको भन्दै चुनाव जित्ने दाबी गरेका छन् ।

करैयामाई गाउँपालिकाको मत गणना भइरहँदा कुशवाह र जसपाका अध्यक्ष उपेन्द्र यादवपछि तिव्र प्रतिस्पर्धा छ । कहिले यादवले त कहिले कुशवाहले अग्रता लिइरहेका छन् ।

तर करैयामाई जसपाको क्षेत्र भए पनि आफूले राम्रो मत पाएको कुशवाहले बताए ।

‘करैयामाई १, २ र ३ भनेको जसपाले जितेको ठाउँमा मेरो मत नै अघि देखिएपछि यो मलाई बोनस आएको प्रमाणित नै गरिसक्यो,’ कुशवाहले खुसी हुँदै भने, ‘अब अन्त गन्दा अघिपछि हुन्छ । हुँदै जाँदाखेरि अन्तिममा महागढिमाईले सबैलाई पछार्दिन्छु ।’





Source link

HamroAwaj

2023-04-24 18:31:46

Leave a Comment