ए डिभिजन लिग जेठ २७ गतेसम्म हुने – HamroAwaj


१४ वैशाख, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग आगामी जेठ २७ गते सकिने भएको छ ।

अखिल नेपाल फुटबल संघ एन्फाले बिहीबार लिगको दोस्रो लेगको खेलतालिका सार्वजनिक गरेको हो ।

जस अनुसार लिगको १४औं देखि २६औं चरणसम्मको खेल वैशाख १९ देखि जेठ २७ गतेसम्म हुनेछ ।

आगामी असार पहिलो सातादेखि भारतमा साफ च्याम्पियनसिप हुने तालिका छ । त्यसैले एन्फाले त्यसअघि नै लिग सकाउने तयारी गरेको हो ।  साफ च्याम्पियनसिप असार ६ देखि १८ गतेसम्म हुनेछ ।

यसअघि एन्फाले पहिलो १३ चरणको खेलतालिका मात्र सार्वजनिक गरेको थियो । यसको अर्थ लिगका आधा अर्थात ९१ खेल ४० दिनमै सकिनेछ ।

व्यस्त खेल तालिका हुँदा क्लबले लगातार खेल्नुपर्ने अवस्था आउनेछ । पहिलो लेगमा प्राप्त स्थानको आधारमा दोस्रो लेगको खेलतालिका सार्वजनिक गरिएको छ ।

जसअनुसार पहिलो लेगको समाप्तिमा शीर्ष स्थानमा रहने टोली र अन्तिम स्थानमा रहने टोलीबीच दोस्रो लेगको खेल हुनेछ ।

दोस्रो लेगको चार चरणमा दुई दिनमै एक चरणको सबै ७ खेल सकिनेछ । यस्तै चार चरणमा एकै दिन चार खेलसमेत राखिएको छ ।





Source link

HamroAwaj

2023-04-27 17:14:38

Leave a Comment