दुई गोलको अग्रता जोगाउन नसक्दा म्यानचेष्टर युनाइटेड टोटनहमसँग बराबरीमा रोकियो – HamroAwaj


१५ वैशाख, काठमाडौं । प्रिमियर लिगमा बिहीबार राति भएको खेलमा म्यानचेष्टर युनाइटेड र टोटनहमले २–२ को बराबरी खेलेका छन् । टोटनहमको मैदानमा युनाइटेडले पहिलो हाफमै दुई गोल गरेपनि अग्रता जोगाउन नसक्दा बराबरी खेल्दै अंक बाँड्नुपरेको हो ।

खेलको सातौं मिनेटमै जाडोन सान्चोले मार्कुस रासफोर्डको पासमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । रासफोर्डले ४४औं मिनेटमा ब्रुनो फर्नान्डेजको पासमा गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारेका थिए ।

तर दोस्रो हाफमा घरेलु टोलीले पुनरागमन गर्दै दुई गोल फर्कायो । टोटनहमका पेड्रो पेरोले ५६औं मिनेटमा गोल गर्दै गोल अन्तर कम गरे । त्यसपछि ७९औं मिनेटमा हेउङ मिन सनले ह्यारी केनको पासमा गोल गर्दै खेल बराबरी गरे ।

बराबरीपछि युनाइटेडको ३१ खेलबाट ६० अंक छ र चौथो स्थानमै छ । ३३ खेल खेलिसकेको टोटनहम ५४ अंकसहित पाँचौ स्थानमा छ ।

न्युकासलले एभरटनलाई ४–१ ले हरायो

अर्को खेलमा न्युकासल युनाइटेडले एभरटनलाई ४–१ ले हराएर तेस्रो स्थानमा कायम छ ।

न्युकासलका लागि कलुम विल्सनले २ तथा जोएलिन्टोन र ज्याकुब मर्फीले १–१ गोल गरे । एभरटनका ड्वाइट म्यकनेइलले एक गोल फर्काए ।

न्युकासलको ३२ खेलबाट ६२ अंक छ । एभरटन ३३ खेलबाट १९ अंकसहित १९औं स्थानमा छ ।





Source link

HamroAwaj

2023-04-28 06:41:03

Leave a Comment