लागूऔषध मुद्दाका फरार अभियुक्त इमाडोलबाट पक्राउ – HamroAwaj


१५ वैशाख, काठमाडौं । प्रहरीले लागू औषध मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनकुटा जिल्लाको शहीदभूमि गाउँपालिका-३ घर भई हाल ललितपुरको सानेपामा बस्‍दै आएका २७ वर्षीय खिलप्रसाद भन्‍ने खिरीलाला राई रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई इमाडोल ललितपुरबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धनकुटा पठाइएको प्रहरीले जनाएको छ ।





Source link

HamroAwaj

2023-04-28 20:51:16

Leave a Comment