रोहित पौडेल र कुशल मल्लले बनाए अर्धशतक – HamroAwaj


अर्धशतक पूरा गरेपछि कप्तान रोहितकुमार पौडेल ।

१६ वैशाख, काठमाडौं । एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालका दुई ब्याटर रोहितकुमार पौडेल र कुशल मल्लले अर्धशतक बनाएका छन् ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा कुवेतविरुद्धको खेलमा पौडेलले ५६ बलमा ४ चौका र १ छक्कासहित ५० रन पूरा गरेका हुन् । कुशल मल्लले ४२ बलमा ४ चौका र ३ छक्काको मद्दतमा अर्धशतक पूरा गरेका हुन् ।

वर्षा र खराब प्रकाशका कारण केही समय रोकिएको खेल पुनः सुरु भएपछि उनीहरुले अर्धशतक प्रहार गरेका हुन् ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २८ ओभरसम्म १८३ रन बनाएको छ । मल्ल ४४ बलमा ५७ रन जोडेपछि आउट भए ।

तस्वीरहरु : विकास श्रेष्ठ/अनलाइनखबर





Source link

HamroAwaj

2023-04-29 13:31:46

Leave a Comment