बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त बानेश्वरबाट पक्राउ – HamroAwaj


२० वैशाख, काठमाडौं। बैंकिङ कसूर मूद्दामा फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१० बानेश्वर बस्‍ने राजेन्द्र कुमार श्रेष्ठ रहेका छन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले बानेश्वरबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई काठमाडौं जिल्ला अदालतमा पठाइएको प्रहरीले जनाएको छ ।

उनीविरुद्ध बैकिङ कसूर मुद्दामा उच्च अदालत पाटनले २०७९ माघ २७ गते  २६ लाख जरिवाना र २ वर्ष कैद सुनाएको थियो। तर उनी फरार रहेका थिए ।





Source link

HamroAwaj

2023-05-03 16:43:46

Leave a Comment