फाइल तस्वीर
२२ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले भातृ संगठन नेविसंघ र तरुण दलको केन्द्रीय समितिको आकार बढाउने भएको छ ।
सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले भातृ संस्थामा बस्ने आकांक्षी धेरै भएकाले केन्द्रीय समितिको आकार बढाउने सहमति गरेको छ ।
सहमति अनुसार नेविसंघको केन्द्रीय समिति ३०० सदस्यीय भन्दा ठूलो हुने छ । यस्तै तरुण दलमा २०० को हाराहारीमा सदस्य रहने छन् ।
नेविसंघ दुजाङ शेर्पा, तरुण दलमा विद्वान गुरुङ, महिला संघमा उषा मिश्र अध्यक्षमा मनोनित भए पनि अरु पदाधिकारी र सदस्यहरू चयन भएका छैनन् ।
आजको बैठकमा नेताहरुले भातृ संस्थामा सदस्य र पदाधिकारी बनाउन आफ्नो गुट र समूहका तर्फबाट नाम पेश गरेका थिए । यसरी नाम धेरै आएकाले आकार बढाउन लागिएको बैठकमा सहभागी एक नेताले बताए ।
बैठकपछि पत्रकारसित कुरा गर्दै प्रवक्ता डा. प्रकाशशरण महतले भने आकार बढ्ने भए पनि संख्या एकीन नभएको बताएका थिए ।
HamroAwaj
2023-05-05 18:24:18