३३ वर्षको प्रतीक्षा सकिएको दिन, नेपल्समा सडक महोत्सव – HamroAwaj


२२ वैशाख, काठमाडौं । इटलीको सिटी अफ नेपल्सको सडक शानदार महोत्सवस्थलमा परिणत भएको छ । नाच्दै, गाउँदै र एकअर्काबीच अंकमालसहित खुसी साटासाट गर्ने जमातले सडक भरिएको छ । बालबालिकाहरु फुटबल खेलिरहेका छन् । मानिसहरु उत्साहित हुँदै वाटर फाउन्टेनमा जम्प गरिरहेका छन् । स्कुटरमा रहेका केहि चाहिँ नापोलीको विशाल झण्डा फहराइरहेका छन् ।

यसको कारण थियो, बिहीबार नापोली इटलीको च्याम्पियन बन्नु ।

उडिनिजमा खेलको अन्तिम सिठ्ठी बजेसँगै सयौंको संख्यामा समर्थकहरु चोक चोकमा भेला भएर नाच्न थाले । उनीहरु खुसीको गीत गाएर झुमिरहेका थिए । किनभने नापोलीलाई १–१ को बराबरी नै सिरी एको उपाधि जित्न पर्याप्त थियो ।

नेपल्सलाई फेरि च्याम्पियन भएको देख्ने हाम्रो मुटुमा एउटा सपना थियो । शहरमा चारैतिर घन्टी बज्न थाल्यो किनभने त्यो सपना अब साकार भएको थियो । ‘म रोइरहेको थिएँ, यो एक ऐतिहासिक क्षण थियो,’ एडोआर्डो नाप्पा भन्छन् ।

१३ वर्षीय यी युवा समर्थक डिएगो म्याराडोनाले दिएको अभूतपूर्व सफलताको धेरै पछि जन्मिएका हुन् । म्याराडोनाले आफ्नो समयमा कप्तानका रुपमा नापोलीलाई दुई सिरी ए उपाधि दिलाएका थिए ।

‘पहिलोपल्ट यस्तो अनुभव हासिल गर्नु मेरा लागि जादुजस्तै हो । समग्र नेपल्सका लागि यो एतिहासिक क्षण हो,’ उनले थपे ।

यहाँ स्थानीयमात्र यो महोत्सवमा सहभागी छैनन् । पूरा इटली, फ्रान्स, स्पेन र बेलायतसहितका देशका नागरिकहरु यो खुसियाली हेर्नका लागि नेपल्सको यात्रा गरिरहेका छन् ।

नेपल्समा फुटबल छ र यहाँका मानिसहरु फुटबलकै स्वास लिन्छन् । पूरा शहर महोत्सवका लागि तयार गरिएको छ । निलो र सेतो झण्डाहरु मानिसका हातहातमा मात्र होइन साँघुरा गल्लीका भित्ताहरुमा सजाइएको छ । सिटी सेन्टरमा खेलाडीको कार्डबोर्ड कटआउट राखिएको छ । त्यहाँ खेलाडीहरुलाई केक, पेस्ट्री, पेय पदार्थ र आइसक्रिमहरु खेलाडीलाई समर्पित गरिएको छ ।

Napoli fans join Napoli’s Italian forward Giacomo Raspadori (C) as he celebrates Napoli’s Scudetto title after the Italian Serie A football match between Udinese and Napoli on May 4, 2023 at the Friuli stadium in Udine. – Napoli ended a 33-year wait to win Italy’s Serie A on May 4 after a 1-1 draw at Udinese secured their third league title and emulated the great teams led by Diego Maradona. (Photo by Andrea STACCIOLI / AFP)

‘यस्तो लागिरहेको छ कि संसार नै यहिँ आएर रोकिएको छ,’ जितको खुसी मनाउन रोमबाट नेपल्ससम्मको यात्रा गरेकी विश्वविद्यालयमा अध्ययनरत छात्रा अमेलिया बुफी भन्छिन्, ‘यो पार्टी कम्तिमा एक महिनासम्म चल्नेवाला छ । महोत्सव यो गर्मीभर नै निरन्तर हुनेछ । यहाँ हामीले अदभूद महशुस गरिरहेका छौं । नेपल्सबासी आफ्नो हरेक काम मनले गर्छन् जहाँ फुटबल पनि सामेल छ ।’

यो पार्टीका लागि तीन दशकदेखिको योजना थियो ।

यो ३३ वर्षदेखि रोकिएको पार्टी हो । पछिल्लो पल्ट नापोलीले सन् १९९० मा सिरी ए को उपाधि जितेको थियो । जतिबेला म्याराडोनाले टिमको नेतृत्व गरेका थिए ।

यी अर्जेन्टिनी महान खेलाडीको प्रभाव अझै पनि शहरमा महशुस गर्न सकिन्छ । उनको अनुहार बारका भित्ताहरुमा, बम्पर स्टिकर र होर्डिङ बोर्डहरुमा सम्मानपूर्वक टाँसिएको छ । उनको नाममा स्थापित एक मन्दिरअगाडि एउटा ठूलो होडिङबोर्डमा म्याराडोनाको पूर्णकदको तस्वीर राखिएको छ । र, त्यसमाथि लेखिएको छ, ‘डायोस ।’ स्पेनिस भाषामा डायोस भनेको भगवान हो ।

यो साता थुप्रै मानिसहरु उनको नाममा स्थापित मन्दिरमा पुगेर फूल चढाए र मैनवत्ती बाले । केहिको आँखामा आँशु छचल्किएको थियो । नेपल्सवासीका लागि फुटबल एक धर्म नै हो ।

‘यहाँ फुटबल धर्मभन्दा पनि माथि छ,’ बुफी भन्छिन्, ‘हामी यहाँ जे गरिरहेका छौं त्यो एउटा परम्पराजस्तै हो । हामी डिएगो म्याराडोनाका लागि प्रार्थाना गरिरहेका छौं । जस्तो कि उनी मुख्य भगवान हुन् । अनौठो लाग्छ तर, मलाई यस्तै गर्न मनपर्छ ।’

म्याराडोनाको निधन २०२० मा भएको हो । जसलाई नेपल्सवासीले ठूलो सम्मान दिन्छन् । ‘उनी एक यस्तो व्यक्ति थिए जो कमजोरीले भरिएका थिए । तर, साथसाथै उनले जे पनि गरे त्यो धेरै ठूलो हो,’ युरोपेली फुटबल विशेषज्ञ मीना रजोउकी भन्छन्, ‘नेपल्सवासीले गर्ने मायाले उनको योगदान प्रतिविम्वित हुन्छ ।’

म्याराडोनाले तीन दशकअघि नापोलीका लागि आफ्नो दोस्रो उपाधि हासिल गरेपछि टिमले त्यो सफलता कायम राख्न सकेन । उनीहरुले आर्थिक संकटको सामना गर्नुपर्यो, बैंकिङ ठगीका कारण व्यावसायिक फुटबल प्रणालीको सबैभन्दा तल्लो डिभिजन सिरी सीमा घटुवा भयो ।

सन् २००४ मा एक मोड आयो । चलचित्र निर्माता औरेलियो डी लौरेन्टिसले क्लब किने । ‘उनले एक टिम बनाए जुन हेर्दा अद्भुद थियो,’ रजौकी भन्छन्, ‘उनले बुझेका थिए कि पूरा शहरको निशर्तः मायामा यो टिमको सफलता निर्भर हुनसक्छ । उनले फ्यानबेसलाई प्रयोग गरे र त्यही सोचले नापोलीको पुनर्उत्थान भयो ।’

यद्यपि उनीहरु सन् १९९० को सफलता भेट्टाउन वा दोहोर्‍याउन असमर्थ थिए ।

यो जित फुटबलभन्दा धेरै बढी हो । यो इटलीमा धनीहरु बसोबास गर्ने उत्तरी र गरिबहरु बसोबास गर्ने दक्षिणी क्षेत्रबीचको असमानताको प्रतिकसमेत हो ।

नेपल्सबासी युवालाई अक्सर जागीर र राम्रो जीवनयापनका लागि उत्तरी इटलीमा बसाइँसराइँका लागि बाध्य पारिएको छ,’ नेपोली टूडेका पत्रकार फ्रान्को रोमानो भन्छन्, ‘त्यसैले उनीहरुका लागि लिग जित्नु उत्तरी महाशक्तिका विरुद्धमा सामाजिक प्रतिशोधको रुप हो ।’

एक अर्का समर्थक इनरिको भन्छन्, ‘रोमको दक्षिणतिरका जुनसुकै क्लबले पनि लिग जित्नु भनेको मिलान र टुरिनले जितेको १० उपाधिभन्दा ठूलो हो ।’

नेपल्सबासीहरु अहिले पनि आफ्ना उत्तरी प्रतिस्पर्धीहरुबाट अपराध, गरिबी र यहाँसम्मकी हैजाको महामारीका लागि शत्रुतापूर्ण आरोपहरु सहन बाध्य छन् । ‘यदी तपाईं नेपल्समा जन्मिनुभएको छ भने फुटबल तपाईंको रगतको हिस्सा हो,’ टाउकोदेखि खुट्टासम्म फुटबल किट लगाएका एक समर्थक गेटानोले भने, ‘हाम्रो रगत नीलो छ, रातो होइन ।’

गेटानो ती हजारौं नेपल्सबासीमध्येका हुन् जो कामका लागि मिलानमा बस्छन् । यो क्षणको अनुभवसहित महोत्सव मनाउन उनी आफ्नो पूरा परिवारका साथ गृहनगर आएका छन् । उनी फुटबलप्रतिको आफ्नो लगाव सुनाउन चाहन्छन् ।

‘यो यस्तो महशुस हो जुन मनैदेखि आउँछ । यही जितका लागि म ३३ वर्षदेखि पर्खिरहेको छु । म आफ्नो भावन, लगाव र विश्वासले भरिएको छु । मैले अहिले जे महशुस गरिरहेको छु त्यसलाई शब्दमा बयान गर्न सकिँदैन,’ उनले थपे ।

जब म्याराडोनाको जादुले नापोली सिरी ए च्याम्पियन बनेको थियो । त्यसको केहिवर्ष पछि आएको विनाशकारी भूकम्पले शहर क्षतविक्षत भएको थियो ।

‘शहरभर संघर्षमात्र थियो । हरेक ठाउँमा गरिबी थियो,’ मास्सिमो रोमानो भन्छन्, ‘म्याराडानाको साथ त्यो जितले अत्यधिक कठिनाइपछि नेपल्सका लागि पुनर्जन्मको प्रतिनिधित्व गरेको थियो ।’

तर, अहिले धेरै कुरा परिवर्तन भएको छ ।

‘नेपल्समा अहिले पनि धेरै समस्याहरु छन् । तर, अहिले धेरै पर्टटकहरुका साथ यो युरोपको गन्तव्य शहर बनेको छ । इटली बाहिरबाट पनि धेरैले यो शहर चिन्छन्,’ रोमानोले थपे ।

यो शहर फुटबल र आफ्नो टिमप्रति अत्यधिक समर्पित छ । यो एक यस्तो दिन हो जसलाई आगामी धेरै वर्षसम्म स्मरण गरिनेछ ।

‘आजको जित यो सफलता र समर्पणको प्रतिनिधित्व गर्छ जसले नेपल्स धेरै वर्षसम्म अनुभव गरिरहेको छ ।’





Source link

HamroAwaj

2023-05-05 15:19:45

Leave a Comment